Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शंकरनगर सामुदायिक वनद्वारा महिलालाई स्वरोजगार तालिम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शंकरनगर सामुदायिक वनद्वारा महिलालाई स्वरोजगार तालिम

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७९ · 0
शंकरनगर सामुदायिक वनद्वारा महिलालाई स्वरोजगार तालिम
60
SHARES
ShareTweet

तिलोत्तमा । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूह र तिलोत्तमा वार्ड नं १ को संयुक्त आयोजनामा महिलाहरुका लागि एक हप्ते जुत्ता चप्पल बनाउने तालिम दिइएको छ । सामुदायिक वन क्षेत्र भित्र रहेका तिलोत्तमा १–४ का ५० जना गृहिणी महिलाहरुलाई प्रदान गरिएको तालिमबाट महिलाहरु आयआर्जन गर्नसक्ने र उद्यमशिलताको समेत विकास हुने भएकाले तालिम फलदायी भएको सहभागिको भनाई छ ।
तालिम समापन समारोहमा बोल्दै तालिममा सहभागि प्रशिक्षार्थी र प्रशिक्षकले कम लागतमा जुत्ता चप्पल बनाउने व्यवसाय सञ्चालन गर्न तालिम उपलब्धीमुलक भएको धारणा राखेका थिए ।
तालिमका प्रशिक्षक प्रतिमा पन्थले सीप सिकेर स्वरोजगार बन्नका लागि महिलाहरुमा दृढ इच्छाशक्ति हुनुपर्ने बताउनुभयो ।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले तालिम लिएका मध्ये १० प्रतिशतले मात्र व्यवसायिकरुपमा पेशा अंगालेमा तालिम फलदायी हुने धारणा राख्नुभयो । उहांले सिकेको सीपलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके महिला आत्मनिर्भर भई ब्यक्तित्व र नेतृत्वको समेत विकास हुने बताउनुभयो ।
शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र बस्नेतले महिलालाई उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिम समापन समारोहमा तिलोत्तमा वार्ड नं १ का निवर्तमान वडाध्यक्ष तामनाथ पाण्डे, वनकी उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, सहभागी दिपा थापा लगायतले सामुदायिक वनले वनको संरक्षण संगै उपभोक्ताहरुको आयआर्जन बढाउने काम पनि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

≪ Previous Post

रुपन्देहीको सियारीका जनप्रतिनिधिको पदभार ग्रहण : जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने अध्यक्षको घोषणा

Next Post ≫

तिलोत्तमाको मेयरमा काँग्रेसका खाँणको निरन्तर अग्रता,१२ हजार मत गन्न बाँकी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क