तिलोत्तमा, ११ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खांणको अग्रता कायमै छ । अब करिब १२ हजार ५३९ मत गन्न बाँकी छ । अहिले वडा नं ६, ७, १० र ११ को मतगणना जारी छ ।
कूल खसेको ६४ हजार ७२८ मत मध्ये अहिलेसम्म गणना भएको ५२ हजार १८९ मतको परिणाम सार्वजनिक हुँदा खाँण ९६३ मतान्तरले अगाडि छन् । खाँणले १९ हजार ८३१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका मोहन चापागाईंले १८ हजार ८६८ मतका साथ पछ्याईरहेका छन् ।
उपमेयरमा भने एमाले उम्मेदवार जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ । चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेभन्दा दोब्बर मतले अगाडि छन् ।
१७ वडामध्ये तिलोत्तमा नगरपालिकामा वडा नं १, २, ३,४,५, ६, १०, १२,१३ १४, १५,१६ र १७ नं वडाको अन्तिम परिणाम आइसकेको छ । यी मध्ये वडा नं १, ४, १०, १२ र १५ मा नेकपा एमाले र बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भैसकेका छन् ।
निर्वाचित हुनेमा तिलोत्तमा वडा नं १ मा फर्सुराम गिरी एमाले, वडा नं २ मा डिल बहादुर भट्टराई काँग्रेस, वडा नं ३ मा कल्याण पौडेल काँग्रेस, वडा नं ४ मा हरि बहादुर क्षेत्री एमाले, वडा नं ५ मा रमेश डुम्रे काँग्रेस र वडा नं ६ मा गणेश पाठक काँग्रेस विजयी बनेका छन् ।
यस्तै तिलोत्तमा वडा नं १० मा गोपाल प्रसाद घिमिरे एमाले, वडा नं १२ मा सहदेव थारु एमाले, वडा नं १३ मा नारायण ढकाल काँग्रेस, वडा नं १४ मा अश्विन पौडेल काँग्रेस, वडा नं १५ मा खेमराज गुरुङ एमाले, वडा नं १६ मा झविलाल भुषाल काँग्रेस र वडा नं १७ मा दान बहादुर चौधरी काँग्रेस बिजयी भएका छन् ।
यसैगरी वडा नं ७, वडा नं ८, वडा नं ९ र वडा नं ११ को मतगणना जारी रहेको छ । २०७४ को चुनावमा तिलोत्तमामा एमालेले मेयर–उपमेयरसहित १४ वडा जितेको थियो ।