Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको सियारीका जनप्रतिनिधिको पदभार ग्रहण : जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने अध्यक्षको घोषणा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको सियारीका जनप्रतिनिधिको पदभार ग्रहण : जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने अध्यक्षको घोषणा

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७९ · 0
रुपन्देहीको सियारीका जनप्रतिनिधिको पदभार ग्रहण : जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने अध्यक्षको घोषणा
180
SHARES
ShareTweet

सियारी । रुपन्देहीको सियारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थानेश्वर घिमिरे र उपाध्यक्ष तारा थारुले पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गरेपछि अध्यक्ष घिमिरेले ७० वर्ष माथीका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने र सुत्केरी तथा नवजात शिशुलाई तीन महिनासम्म घरमै पुगेर खोप लगाउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
अध्यक्ष घिमिरेले गाउँपालिकाका नागरिकलाई आवश्यक पर्ने रगत आगामी साउन १ गतेदेखि गाउँपालिकाले निशुल्क रुपमा वितरणको व्यवस्था मिलाउने समेत निर्णय गर्नुभयो ।
सो अवसरमा बोल्दै अध्यक्ष घिमिरेले गाउँपालिकालाई आवश्यक पर्ने वाहेक अन्य ठेक्कापट्टा मार्फत नदीजन्य पदार्थ निकासी गर्दा मेसिनको प्रयोग निषेध गरिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका युवा, खेलकुद तथा शिक्षामन्त्री वसिउद्दिन खानले विगतका जनप्रतिनिधिले शुरु गरेका राम्रा कामलाई अनुशरण गर्न र जनताको चाहना अनुसार नयां काम गर्न सुझाव दिनुभयो । उहांले सियारीको विकासमा प्रदेश सरकार सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष अयोध्याप्रसाद थारुले सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा अघि बढ्न नयां नेतृत्वलाई सुझाव दिनुभयो ।
सोमबार सियारी गाउँपालिकाका अध्यक्ष घिमिरे र उपाध्यक्ष थारु सहित ३७ जना जनप्रतिनिधले पदभार ग्रहण गरेका थिए । 

≪ Previous Post

बुटवलका नगर प्रमुख र उपप्रमुखले गरे पदभार ग्रहण : बसोबासको आधारमा अब्यबस्थित–सुकुम्बासीलाई तत्कालै अस्थायी प्रमाणपत्र बाँड्ने पहिलो निर्णय

Next Post ≫

शंकरनगर सामुदायिक वनद्वारा महिलालाई स्वरोजगार तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क