बुटवल, ४ जेठ । स्थानीय तहको निर्वाचन अन्तर्गत बिभिन्न स्थानमा मतगणना जारी छ । साना पालिकाहरुको अधिकांश स्थानको मतपरिणाम आइसकेको छ ।
बुटवल उपमहानगरपालिकामा अहिलेसम्म वडा नं १,२,३,४,५, ६, ७, १६, १७, १८ र १९ नंं वडाको मत गणना भैसकेको छ । यहाँ २७ हजार ३४४ मत गणना भइसक्दा मेयर पदमा नेपाली कांग्रेसका खेलराज पाण्डेले १३ हजार ४१८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका बाबुराम भट्टराईले ८ हजार ९७२ र राप्रपाका मृगेन्द्र शेरचनले २ हजार ३७४ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार पाण्डेले निरन्तर मतान्तर बढाउंदै ४ हजार ४४६ मतले अग्रता लिएका छन् ।
यस्तै उप प्रमुखमा नेकपा एमालेकी सावित्रा अर्यालले ९ हजार ९७८, नेकपा समाजवादीका चिन बहादुर गुरुङले ७ हजार २७७ र राप्रपाकी भगवती पाण्डेयले ३ हजार ३०७ मत प्राप्त गरेका छन् ।
बुटवलका वडामा कहाँ कस्ले जिते ?
वडा नं १ – नरेन्द्र बस्नेत (स्वतन्त्र उम्मेदवार–पुतली चिन्ह )
वडा नं २ – सुनिल शाक्य (नेकपा समाजवादी –कलम चिन्ह )
वडा नं ३ – विष्णु ढकाल (नेकपा माओवादी केन्द्र–रूख चिन्ह )
वडा नं ४ – नरिश्वर शर्मा पौडेल (नेपाली काँग्रेस )
वडा नं ५ – हरि प्रसाद श्रेष्ठ (नेपाली काँग्रेस )
वडा नं ६ – लोकनाथ न्यौपाने (नेपाली काँग्रेस )
वडा नं ७ – पदमराज गाहा (नेपाली काँग्रेस)
वडा नं १६ – कृृष्ण प्रसाद पौडेल (नेपाली काँग्रेस )
वडा नं १७ – ज्ञान बहादुर रेस्मी (नेपाली काँग्रेस )
वडा नं १८– गुरुप्रसाद पंगेनी (नेकपा एमाले )
वडा नं १९– चन्द्रसिंह थापा (नेकपा एमाले )
यस्तै वैशाख ३० मा भएको निर्वाचनको मत गणनामा देशभरका ७५३ स्थानीय तहमध्ये प्रमुखमा नेपाली कांग्रेस १८७, एमाले ११९,माओवादी केन्द्र ८३, जसपा नेपाल ५, एकिकृत समाजवादी ५ स्थानमा बिजयी भएको छ । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका १७६, नेकपा एमाले ११९, माओवादी केन्द्र ९०, जसपा नेपाल ५ र एकिकृत समाजवादीले १२ जितेको छ ।
अग्रतामा लिनेमा नेपाली कांग्रेस १२५,नेकपा एमाले ८३, माओवादी केन्द्र ३३, जसपा नेपाल २६,एकिकृत समाजवादी १५ रहेको छ । यस्तै उपप्रमुख नेपाली कांग्रेस १०७, नेकपा एमाले १०९, माओवादी केन्द्र ३९,जसपा नेपाल ३० र एकिकृत समाजवादी ९ रहेकाछन् ।
