गुल्मी, ३१ बैशाख । चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गमा पाँच दलीय गठबन्धनको प्यानल विजयी भएको छ । गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका घनश्याम खरेलसहित उनको प्यानल नै निर्वाचित भएको छ । कुल आठ सय मत खसेकोमा खरेल ५५२ मतसहित विजयी भएका हुन् ।
वडा अध्यक्ष खरेलका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोविन्द बहादुर बलालले १८५ मत प्राप्त गरेका छन् । खरेल माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।
