बुटवल, ३१ बैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको अग्रता कायमै छ । वार्ड नं.१ को १४ सय मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेद्वार खेलराज पाण्डेले ६०३ मत प्राप्त गरेका छन् ।
राप्रपाका तर्फबाट प्रमखुका उम्मेद्वार मृगेन्द्र शेरचनले ३०२ मतसहित काँग्रेसका उम्मेदवारलाई पछ्याएका छन् भने प्रमुख प्रतिपक्ष नेकपा एमाले तेस्रो स्थानमा छ । नेकपा एमालेका बाबुराम भट्टराईको सूर्य चिन्हमा २३९ मत परेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका २, ३ र मा कांग्रेसको प्यानलै विजयी
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन् ।
त्यस्तै रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन् ।
उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन् । यस्तै रेसुङ्गा नगरपालिका वडा नं ३ र ४ मा पनि नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।