बुटवल, ३० वैशाख । बुटवल उपमहानगरपालिकामा शुक्रवार राति १२ बजे देखि मतगणना सुरु हुने भएको छ । नगरका सबै वडाका मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सकिएको र सर्वदलीय वैठक बसेर मतगणना सुरु गरिने बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी गराउनु भयो ।
पौडेलका अनुसार मतगणनाका लागि गणकहरु तयारी अवस्थामा रहेकाले १२ बजे गणना सुरु हुने छ । बुटवलमा कुल ९० हजार ४०४ मतदाता रहेकामा ६२ हजार १०१ मत खसेको छ । बुटवलको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
१९ वटा वडा रहेको बुटवलमा वडा नं १ मा १ हजार ९६८, २ मा २ हजार ८७५, ३ मा ३ हजार ६१२, ४ मा ३ हजार ४६८, ५ मा १ हजार २९६, वडा नं ६ मा दुई हजार ८०२, ७ मा ४ हजार ५१८, ८ मा ३ हजार ४३०, ९ मा २ हजार ८६४ र १० मा एक हजार ९७५ मत खसेको छ ।
यस्तै वडा नं ११ मा १० हजार ३७१, १२ मा ४ हजार २८०, १३ मा ५ हजार ८६, १४ मा ३ हजार २६, १५ मा २ हजार ६१७, १६ मा २ हजार ११५, १७ मा २ हजार ५९०, १८ मा १ हजार ६९९ र वडा नं १९ मा २ हजार ५०९ मत खसेको छ ।
