बुटवल, ३० वैशाख । स्थानीय तह निर्वाचन अन्तर्गत मतदान कार्य सकिएको छ । शुक्रबार दिनभर निकै उत्साहका साथ मतदाताहरु मतदानमा सहभागि भएका थिए । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपरान्ह ५ बजेसम्मका लागि तोकिएको थियो । रुपन्देहीमा मतदानकार्य सकिनै लाग्दा चलेको हावाहुरी र पानीका कारण केहीबेर निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो । रुपन्देहीका १६ वटै पालिकामा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।
