तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार भएको आमसभाको फोहोर व्यवस्थापन मेयर उम्मेद्वार रामकृष्ण खाँणले गरेका छन् । नेपाली कांग्रेस र माओबादी केन्द्रको संयुक्त आयोजनामा आयोजित आमसभाको फोहोर व्यवस्थापन मेयरका उम्मेद्वार खाँणले आफै गरेका हुन् ।
नेपाली कांग्रेस तर्फबाट मेयर पदका उम्मेदवार खाँण सहित नेपाल तरुण दल तिलोत्तमा नगर सभापति खिम क्षेत्री, सचिव होम पौडेल लगायतको टोलीले सरसफाई गर्दै फोहोर व्यवस्थापन गरेको हो । फोहोर व्यवस्थापन गर्दै मेयर पदका उम्मेद्वार खाँणले आफुले गरेको फोहोर आफै व्यवस्थापन गर्नुपर्छ भनेर सरसफाई गरेको बताए । उनले तिलोत्तमालाई सुन्दर र शान्त बनाउनेसंगै भ्रष्टाचारमुक्त बनाउने अभियानमा साथ दिन उनले आग्रह गरे ।
बिहीबार तिलोत्तमा (मेला लाग्ने स्थान)मा भएको भेलामा नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुस्पा भुसाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
तिलोत्तमामा नेपाली कांग्रेस र माओबादी केन्द्रले तालमेल गरेका छन् । यहाँ मेयर कांग्रेसले पाएको छ भने उपमेयर माओबादी केन्द्रले । मेयर पदको उम्मेृद्वार खाँण हुन् भने माओबादीका हेमराज पाण्डे(हेमन्त) उपमेयर पदका उम्मेद्वार हुन् ।
