Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ देवदहमा गठबन्धनको चुनावी प्रचार प्रसार तिब्र पारिंदै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदहमा गठबन्धनको चुनावी प्रचार प्रसार तिब्र पारिंदै

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0
देवदहमा गठबन्धनको चुनावी प्रचार प्रसार तिब्र पारिंदै
70
SHARES
ShareTweet

देवदह, २१ वैशाख । देवदहमा नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी समेतको चुनावी गठबन्धनको प्रचार प्रसारलाई थप तिब्र पारिंएको छ । देवदहको भावी मेयर, उपमेयर र बिभिन्न वडामा अध्यक्ष र सदस्य पदका लागि भएको राजनैतिक गठबन्धनले आफ्नो चुनावी अभियानलाई थप तिब्रता दिएको हो ।
नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले देवदहको वडा नं ११ र १२ नं वडामा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रम पश्चात आयोजित कोणसभामा बोल्दै मेयर पदका उमेदवार हिराबहादुर खत्रीले देवदह नगरको समग्र विकासका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।
मुलुकको आवश्यक्ता अनुसार देशलाई समृद्धतर्पm उन्मुख गराउन केन्द्रमा गठबन्धन सरकार रहेकाले केन्द्रको निर्देशन अनुसार आपूmहरु पनि गठबन्धन कायम गरेर चुनावी मैदानमा आएको बताउदै मेयरका उम्मेदवार खत्रीले आपूm संगसंगै गठबन्धनका उपमेयर पदका उमेदवार सुन्दरी गिरीसहित सबैलाई जिताउन आग्रह गरेका हुन् ।
यसअघि ०७४ सालमा पनि मेयरमा निर्वाचित काँगे्रस नेता खत्रीले बिगतमा पनि आफुले देवदहलाई कृषि र पर्यटकीय क्षेत्रको बिकासमा बिशेष जोड दिएको चर्चा गर्दै आगामी दिनमा पनि भौतिक पुर्वाधार बिकास, सुकुम्बासी समस्या समाधान र पर्यटकिय स्थलहरुको संरक्षण र बिकासमा ध्यान दिने प्रतिबद्धता ब्यक्त गरेका छन् । नेपाली काँग्रेसका क्षेत्रिय सभापतिसमेत रहेका उम्मेदवार खत्री भन्छन– यसका लागि देवदहलाई सवल रुपमा अब्बल बनाउन विभिन्न योजनाहरु अगाडी सारिएको छ । हामी पुरा गरेरै छाड्छौं ।
देशमा भएका हरेक विकास र परिवर्तनहरु कांग्रेसकै सरकारको पालामा भएको र पछिल्लो समय देशमा आईपरेको हरेक समस्यामा नेपाली कांग्रेस र माओवादी केन्द्र लगाएतको गठबन्धनले देशलाई निकास दिएको भन्दै नेता खत्रीले देशको विकास र निकासलागि गठबन्धनको विकल्प नभएको उल्लेख गरेका छन् । खत्रीले भने– नेपाली कांग्रेस सदैव आम नागरिकको पार्टी भएको र जनताको इच्छा र अनुसारनै काम गर्ने पार्टी हो ।

उपमेयर पदका उमेदवार सुन्दरी गिरीले देशमा महिला, दलित, पिछडिएको वर्ग र जातजातिले स्वतन्त्र भएर बाँच्ने लगाएतका आफना हक अधिकार प्राप्त गर्न नेकपा माओवादी केन्द्रको सरकार आएपछि पाएको बताउदै आपूmहरुलाई हरेक समयमा साथ दिने नेपाली कांग्रेसका उम्मेदवार र आपूmलाई मतदान गर्न आग्रह गरेकी छन् ।
महिलाहरुको हकअधिकार र स्वतन्त्रताको लागि आपूm जनयुद्धमा होमिएको स्मरण गर्दै आफुले महिलाहरुको हरेक समस्यालाई राम्रो संग बुझेको र आगामी दिनमा महिला दिदीबहिनीहरुको भावना अनुरुप काम गर्ने नेतृ गिरीले उल्लेख गरेकी छन् ।
देवदह नगरको समग्र विकास गर्नका लागि र आपूmहरुले लिएको प्रतिवद्धता पूरा गर्नका लागि गठबन्धनको जित आवश्यकता भएकाले देवदहलाई समुन्नत नगर बनाउन गठबन्धनलाई भोट दिएर जिताउन आम मतदातालाई गिरीले पुनः आग्रह गरेकी छन् ।

≪ Previous Post

तिलोत्तमा नगरपालिका : मत दिएका अव्यवस्थित तथा सुकुम्बासी बस्तीका जनता भन्छन् हामीलाई झुक्याइयो

Next Post ≫

पाँचदलीय गठबन्धनद्वारा बुटवलमा संकल्प पत्र सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क