Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही जिल्ला फुटवल संघको अध्यक्षमा लोक पुन सर्वसम्मत
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही जिल्ला फुटवल संघको अध्यक्षमा लोक पुन सर्वसम्मत

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७९ · 0
रुपन्देही जिल्ला फुटवल संघको अध्यक्षमा लोक पुन सर्वसम्मत
80
SHARES
ShareTweet

बुटवल, ३ वैशाख । रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा लोक बहादुर पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न संघको साधारण सभा तथा अधिवेशनबाट संघका महासचिव पुन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
एन्फा टेक्निकल सेन्टर देविनगरमा भएको अधिवेसनबाट पुनको नेतृत्वमा १५ सदस्यीय नयाँ पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा सुधिर थापा, मुकेश कुवर, बुद्घि बहादुर गुरुङ तथा महिला सदस्यमा मोतिकला गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । यस्तै अन्य सदस्यहरुमा दिपेश गुरुङ, सन्जय कार्की, प्रेम राना, दिपक गुरुङ, सोम बहादुर विक, वसन्त श्रेष्ठ, मनमोहनलाल गुभाजु, शंकर मल्लाह, ललित तिरुवा र पदम थापा सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत सुमन अधिकारीले बताउनु भयो ।
यसअघि रुपन्देही खेलकुद विकास समितिका पुर्व अध्यक्ष योग गुरुङले साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै रुपन्देही जिल्ला सबैखाले खेलमा उर्वरभूमि भएको दाबी गर्नुभयो । प्राविधिक समस्याहरुका कारण खेल क्षेत्रमा देखिएको केही समस्याहरुलाई हटाउंदै खेल क्षेत्रको विकासका लागि रुपन्देही एक ढिक्का भएर लाग्नुपर्नेमा उहांले जोड दिनुभयो ।
संघका अध्यक्ष दीर्घ बहादुर केसीले संस्थामा लामो समय बस्दा संस्थागत विकास भन्दा ब्यक्तिको विकासमा बढि जोड दिदा यसको प्रभाव लामो समयसम्म खेलक्षेत्रमा पर्ने वास्तविकता देखिएको बताउनुभयो । केही कमीकमजोरी भए त्यसलाई हटाउंदै जिल्लाका सबै क्लबहरुलाई समेटेर रुपन्देही जिल्ला नयाँ नेतृत्व सर्वसम्मत गर्न सफल हुने उहांले बताउनु भयो ।
कार्यक्रममा खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारीले कोभिड १९ को कारण दुई वर्ष बढि समय विश्व प्रभावित भएको दुखेसो गर्नुभयो । खेल क्षेत्र र खेलाडीको विकासलाई नयाँ आयामका साथ अघि बढ्न सकिने उहांले बताउनु भयो ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य हरि श्रेष्ठले रुपन्देही जिल्ला संरचनात्मक रुपमा सम्पन्नशाली हुदाहुदै पनि खेलाडीको विकासमा पछि परेको दुखेसो गर्नुभयो । जिल्लाका सबै क्लबहरु मिलेर खेल विकासमा नमुना काम गर्न जरुरी रहेको उहांले बताउनु भयो । केन्द्रबाट रुपन्देही जिल्ला प्रतिको दृष्टिकोण सकारात्मक रहेकाले पनि यसलाई सदुपयोग गर्दै नयाँ र रचनात्मक कार्यक्रमहरु बनाउन उहांले सुझाव दिनुभयो ।
कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य लिग कमिटिका डाईरेक्टर सन्जिव मिश्र, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य रन्जित शेरचन, लन टेनिस संघ रुपन्देहीका सचिव गोपाल ज्ञवाली, उपाध्यक्ष अर्जुन गुरुङ, भुपेन्द्र बहादुर क्षेत्री, संघका उपाध्यक्ष मुकेश कुवर, महासचिव लोक पुनले थप जिम्मेवारीका साथ पदाधिकारीहरु अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

≪ Previous Post

समाचार संकलनका लागि गएका पत्रकारमाथि प्रहरीको दूब्र्यबहार

Next Post ≫

रुपन्देहीको तिलोत्तमामा गठबन्धनले थाल्यो घरदैलो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क