भैरहवा, १९ चैत्र । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रु. ४ लाख बढिको अबैध लत्ता–कपडा बरामद गरेको छ ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको रोहिणी गाउँपालिका–२, मैनिहवामा भारतबाट अबैधरुपमा नेपाल ल्याउंदै गरेको अवस्थामा रु. ४ लाख ३ हजार ८०० मूल्य बराबरको बिभिन्न किसिम्का लत्ता–कपडा फेला पारी बरामद गरेको हो ।
बरामद गरिएका लत्ता–कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
