Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा चुनावी तालमेलका लागि सत्ता गठवन्धनको संयन्त्र गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा चुनावी तालमेलका लागि सत्ता गठवन्धनको संयन्त्र गठन

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७८ · 0
रुपन्देहीमा चुनावी तालमेलका लागि सत्ता गठवन्धनको संयन्त्र गठन
80
SHARES
ShareTweet

बुटवल, १९ चैत्र । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा चुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले निर्वाचनमा चुनावी तालमेलको आवश्यक्ता महशुस गर्दै तालमेलका लागि जिल्लास्तरीय संयन्त्र गठन गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा गठन भएको संयन्त्रमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहनुभएको छ ।
जिल्ला स्तरीय संयन्त्रले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थितिको प्रतिवेदन तयार गरी केन्द्रलाई सुझाव पठाउने र जिल्लामा आवश्यक रणनीति तय गर्ने नेपाली कााग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताउनुभयो । संयन्त्रले आ आफ्नो पार्टीको स्थानीय तहमा वस्तुस्थिति तयार गरी चैत २२ गते थप छलफल गर्ने छ ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, कांग्रेस रुपन्देहीका सभापति खाँण, उपसभापति थानेश्वर घिमिरे, क्षेत्र नम्वर ३ का सभापति सुशिल गुरुङ्ग, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हकिकुल्ला खाँ, जनता समाजवादीका अध्यक्ष रामअवतार यादव, केन्दीय सदस्य देवेन्द्र पाण्डे, एकीकृत समाजवादीका इन्चार्ज सिद्धिचरण भट्टराई, माओवादी केन्द्रका सोनिया यादव, माओवादीकै केन्द्रीय सदस्य महसुद अली, जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेत्र आचार्यले संविधानको रक्षा, कार्यान्वयन र प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

≪ Previous Post

रुपन्देहीमा चार लाख बढिको अबैध लत्ता–कपडा बरामद

Next Post ≫

लुम्बिनी ट्रक यातायात ब्यबसायी सघंमा पुन : खरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क