Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७८ · 0
पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने
80
SHARES
ShareTweet

बुटवल, १९ चैत्र । पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने जनाएको छ । सामाजिक उत्तरदायित्व बहनमा व्यवसायीहरू जिम्मेवार हुनुपर्ने र ढुवानी बन्द गर्दा समाजमा समेत नकरात्मक सन्देश जाने देखिएकाले हाललाई निगमले गरेको अनुरोधलाई स्विकार गरी आन्दोलनको कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ । संघले संयुक्त ६ बुँदे मागहरु यथावतै रहेको भन्दै हाललाई आन्दोलनको कार्यक्रम मात्र स्थगित गरिएको जनाएको छ ।
पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भूपराज अर्यालले ढुवानी रोक्नेलगायतका कुनै पनि आन्दोलनका कार्यक्रममा संघको सहभागिता नरहेको बताउनु भयो । नेपाल आयल निगम समक्ष संयुक्तरुपमा प्रस्तुत गरिएका ६ बुँदे माग वार्ताद्धारा समाधान गर्ने गरी पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले आन्दोलन नगर्ने जनाएको हो ।
संघका मागलाई नेपाल आयल निगमले वार्ताको माध्यमबाट पुरा गरिदिने आश्वासन दिएकोले आन्दोलनमा सहभागिता नजनाएको संघका अध्यक्ष राकेश कुमार कसौधनले बताउनु भयो ।
संघका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने जिम्मेवारीमा रहेका हामी ब्यवसायीहरुले ढुवानी कार्य बन्द गर्दा समाजमा नकारात्मक सन्देश जाने देखिएकाले निगमले गरेको अनुरोधलाई स्विकार गर्दै ६ बुंदे संयुक्त मागहरु यथावतै राखेर आन्दोलनको कार्यक्रम स्थगित गरिएको बताउनु भयो ।
संघको यही चैत १६ गते बसेको बैठकबाट नेपाल आयल निगम, नेपाल सरकार र व्यबसायी बीच वार्ता मार्फत समस्या समाधान गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

≪ Previous Post

बुटवल यातायात प्रालिका सञ्चालक र क्षेत्रीय संयोजकहरुको पदस्थापन

Next Post ≫

रुपन्देहीमा चार लाख बढिको अबैध लत्ता–कपडा बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क