बुटवल, १९ चैत्र । बुटवल यातायात प्रा.लि. बुटवल रुपन्देहीको नव निर्वाचित सञ्चालक तथा क्षेत्रीय संयोजकहरुको शुक्रबार पदस्थापना गरिएको छ । चैत १३ गते सम्पन्न साधारणसभाबाट प्रा.लि.को ७ सदस्यीय सञ्चालक समिति र ९ सदस्यीय क्षेत्रीय संयोजक निर्वाचित भएका थिए ।
नव निर्वाचित सञ्चालक तथा क्षेत्रीय संयोजकहरुलाई निर्वाचन समितिका संयोजक डिलबहादुर थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा निर्वाचन समिति संयोजक थापा, प्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, सञ्चालक दिपक प्रसाद श्रेष्ठ, पत्रकार हरिश ढकाल, खिमानन्द भट्टराई, अधिवक्ता जिवनाराण अधिकारीलगायतले बोल्दै व्यवसायिक एकता, यातायात व्यवसायीलाई मर्यादित र संगठित गर्नको लागि सबै व्यवसायी एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।