Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल यातायात प्रा. लि.मा नयाँ सञ्चालक समिति निर्वाचित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल यातायात प्रा. लि.मा नयाँ सञ्चालक समिति निर्वाचित

संसारपोस्ट संवाददाता · १४ चैत्र २०७८ · 0
बुटवल यातायात प्रा. लि.मा नयाँ सञ्चालक समिति निर्वाचित
80
SHARES
ShareTweet

‘बैज्ञानिक भाडादर लागु नभए आफै भाडा बढाउने चेतावनी’
बुटवल, १४ चैत्र । बुटवल यातायात प्रा. लि. बुटवलको प्रथम साधारण सभाबाट सात सदस्यीय सञ्चालक समिति निर्वाचित भएको छ ।
आईतबार राती नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ८ जनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रियामार्फत सञ्चालक समिति चयन गरिएको हो । निर्वाचन मार्फत संस्थापक सञ्चालकहरु पुन: सञ्चालकमा निर्वाचित भएका हुन् ।
निर्वाचन मार्फत सात सदस्यीय सञ्चालक समितिमा रबिन्द्रमान श्रेष्ठ, रामबहादुर शाही, अशोककुमार श्रेष्ठ, दिपक प्रसाद श्रेष्ठ, कबिन्द्रमान श्रेष्ठ, लाल प्रसाद शर्मा र ज्ञानबहादुर सार्की निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डिलबहादुर थापाले जानकारी गराउनु भयो । सञ्चालक पदमा उम्मेदवारी दिएका अर्जुन अर्याल(मधु) पराजित भएको संयोजक थापाले बताउनु भयो ।
यस्तै प्रा. लि. को क्षेत्रिय (रुट) संयोजकहरु भने निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने रुट संयोजकहरुमा बुटवल बर्दघाट बालकुमार यादव, बुटवल चन्द्रौटा रमेश खड्का, बुटवल नारायाण्घाट विष्णु बहादुर क्षेत्री, तौलिहवा पथ्थरकोट शिव पाण्डे, चार नम्वर तौलिहवा सिद्धिमान गिरी, बुटवल कृष्णनगर विष्णु खत्री, बुटवल हरैया राजु लम्तरी र कृष्णनगर ढोपाटन रुट संयोजकमा लक्ष्मण परियार रहेका छन् ।
यस अघि भएको साधारण सभा उद्घाटन कार्यक्रममा बोल्ने यातायात व्यावसायीहरुले भाडा समायोजन गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले वैज्ञानिक भाडादर लागु नगरे आफै भाडा बृद्धि गर्ने चेतावनी समेत दिएका छन् ।
ब्यवसायीहरुले ईन्धन, टायर, मोविललगायतको मूल्य दिनहुं बृद्धि भएपनि सो अनुपातमा वैज्ञानिक भाडादर लागु गर्न पटक पटक सरकारसंग माग गरेपनि अझै सम्म लागु नभएको भन्दै आक्रोश पोखे ।
कार्यक्रममा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष डिल बहादुर ढुङ्गानाले सरकारलाइ महासंघले बैज्ञानिक भाडादर लागुगर्न दिएको अल्टिमेटम सकिएको भन्दै यहि चैत्र १५ गतेसम्म भाडा समायोजन नभए लुम्बिनी प्रदेशमा ब्यवसायी आफै भाडा तोक्न बाध्य हुने चेतावनी दिनुभयो । उहांले अन्य केहि प्रदेशमा पनि यस्तै तयारी भईरहेको बताउंदै भाडादर समायोजनमा सरकारले ध्यान निदएको आरोप लगाउनुभयो । ‘कोभिडका कारण दुई वर्षसम्म सवैभन्दा धेरै नोक्सान व्योहोरेका यातायात व्यावसायीहरु अहिले ईन्धन लगायतका सामानमा बढेको मूल्य बृद्धिको सामना गर्दा समेत सरकारले बैज्ञानिक भाडादर कायम नगरेका कारण ब्यवसायीहरु बाध्य भएर आफै भाडा बृद्धि गर्न लागेका छौं ।’ उहांको भनाई थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष डिल बहादुर थापा, अधिवक्ता जिव नारायण अधिकारी, प्रेस सल्लाकार खिमानन्द भट्टराई, कोषाध्यक्ष ज्ञान बहादुर सार्की, व्यावसायी अर्जुन अर्याल लगायतले बोल्दै सिन्डीकेट, कोरोना र बैंकहरुको ब्याजदर बृद्धिले व्यबसायीहरु चरम मारमा परेको गुनासो गर्नुभएको थियो । सोही अवसरमा संस्थागत विकास र ब्यवसायीको हकहितका लागि योगदान गरेकोमा संस्थाका सल्लाहकार डिलबहादुर थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै सोही अवसरमा कुशल चालक, व्यावसायी तथा कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । प्रा. लि.का अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा स्वागत अशोककुमार श्रेष्ठ र संचालन सचिव दिपक प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

≪ Previous Post

उत्पादनसंग जोड्न सहकारीका सदस्यलाई उद्यमशिलता तालिम

Next Post ≫

जनताले परिवर्तनको अनुभूति गर्न पाएनन्ः महान्यायाधिवक्ता खाती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क