Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उत्पादनसंग जोड्न सहकारीका सदस्यलाई उद्यमशिलता तालिम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उत्पादनसंग जोड्न सहकारीका सदस्यलाई उद्यमशिलता तालिम

संसारपोस्ट संवाददाता · १३ चैत्र २०७८ · 0
उत्पादनसंग जोड्न सहकारीका सदस्यलाई उद्यमशिलता तालिम
60
SHARES
ShareTweet

बुटवल, १३ चैत्र । उद्यमशिलता विना गरिने पेशा व्यवसाय सफल नहुने भन्दै सहकारीका शेयर सदस्यहरुलाई सिप सिकाउने लक्ष्य सहित एक हप्ते तालिम प्रदान गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौको आयोजना तथा प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ७ को सहआयोजनामा शनिवार देखि बुटवलमा १ हप्ते उद्यमशिलता विकास तालिम संचालन भएको छ ।
तालिममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले हरेक पेशा व्यवसायको दर्ता देखि संचालनसम्मका प्रकृया गर्नकालागि पनि सिप जरुरी हुने भएकाले उद्यमशिलता लिएकाहरुको व्यवसाय सफलहुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका उपसचिव अमृत आचार्यले उद्योग कलकारखाना खोलेर मात्र सफल नहुने भन्दै सिप र ज्ञान विना गरिने कुनै पनि व्यवसाय फष्टाउन नसक्ने दावि गर्नुभयो । उप सचिव आचार्यले उद्यमशिलता सिकेकाहरुले बनाएका योजना सार्थक र दीर्घकालिन रुपमा टिकाउ हुने धारणा राख्नु भयो ।
प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष विष्णु पुरीले तालिम लिएकाहरुले त्यसलाई व्यवहारमा पालना गरेमात्र तालिमको उपादेयता हुने बताउनु भयो ।
प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेले सहकारीका शेयर सदस्यहरुलाई प्रदान गरिएको तालिमसंगै पेशा व्यवसाय गर्नकालागि आवश्यक परेमा आर्थिंक लगानी समेत उपलब्ध गराउन सकिने धारणा राख्नु भयो । उहाँले सिकेको सिपलाई उत्पादनमुलक क्षेत्रमा लगानीगर्न आग्रह गर्नुभयो ।
चैत १८ गतेसम्म संचालन हुने उद्यमशिलता विकास तालिममा ३१ जना सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौका शाखा अधिकृत शालिकराम भटृराई, नासु नारायण भुसाललगायतले तालिम प्रदान गर्नुभएको सहकारीका व्यवस्थापक ऋषिराम भटृराईले बताउनु भयो ।

≪ Previous Post

बुटवलका मेयर सुवेदीको वडामा ५१३ जना कांग्रेसमा प्रवेश

Next Post ≫

बुटवल यातायात प्रा. लि.मा नयाँ सञ्चालक समिति निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क