बुटवल, १३ चैत्र । उद्यमशिलता विना गरिने पेशा व्यवसाय सफल नहुने भन्दै सहकारीका शेयर सदस्यहरुलाई सिप सिकाउने लक्ष्य सहित एक हप्ते तालिम प्रदान गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौको आयोजना तथा प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ७ को सहआयोजनामा शनिवार देखि बुटवलमा १ हप्ते उद्यमशिलता विकास तालिम संचालन भएको छ ।
तालिममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले हरेक पेशा व्यवसायको दर्ता देखि संचालनसम्मका प्रकृया गर्नकालागि पनि सिप जरुरी हुने भएकाले उद्यमशिलता लिएकाहरुको व्यवसाय सफलहुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका उपसचिव अमृत आचार्यले उद्योग कलकारखाना खोलेर मात्र सफल नहुने भन्दै सिप र ज्ञान विना गरिने कुनै पनि व्यवसाय फष्टाउन नसक्ने दावि गर्नुभयो । उप सचिव आचार्यले उद्यमशिलता सिकेकाहरुले बनाएका योजना सार्थक र दीर्घकालिन रुपमा टिकाउ हुने धारणा राख्नु भयो ।
प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष विष्णु पुरीले तालिम लिएकाहरुले त्यसलाई व्यवहारमा पालना गरेमात्र तालिमको उपादेयता हुने बताउनु भयो ।
प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेले सहकारीका शेयर सदस्यहरुलाई प्रदान गरिएको तालिमसंगै पेशा व्यवसाय गर्नकालागि आवश्यक परेमा आर्थिंक लगानी समेत उपलब्ध गराउन सकिने धारणा राख्नु भयो । उहाँले सिकेको सिपलाई उत्पादनमुलक क्षेत्रमा लगानीगर्न आग्रह गर्नुभयो ।
चैत १८ गतेसम्म संचालन हुने उद्यमशिलता विकास तालिममा ३१ जना सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौका शाखा अधिकृत शालिकराम भटृराई, नासु नारायण भुसाललगायतले तालिम प्रदान गर्नुभएको सहकारीका व्यवस्थापक ऋषिराम भटृराईले बताउनु भयो ।
