Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलका मेयर सुवेदीको वडामा ५१३ जना कांग्रेसमा प्रवेश
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलका मेयर सुवेदीको वडामा ५१३ जना कांग्रेसमा प्रवेश

संसारपोस्ट संवाददाता · १३ चैत्र २०७८ · 0
बुटवलका मेयर सुवेदीको वडामा ५१३ जना कांग्रेसमा प्रवेश
80
SHARES
ShareTweet

बुटवल ७ आले चोकमा कांग्रेसको निर्वाचन प्रचार–प्रसार कार्यालय स्थापना
बुटवल, १३ चैत्र । नेपाली कांग्रेसले शुरु गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान अन्तर्गत नेपाली कांग्रेस वडा कार्यसमिति बुटवल उपमहानगरपालिका वडा नम्वर ७ निर्वाचन प्रचार–प्रसार सम्पर्क कार्यालय स्थापना गरेको छ ।
स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्दै कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने उद्देश्य सहित सञ्चालन भैरहेको अभियान अन्तर्गत निर्वाचन प्रचार प्रसार समपर्क कार्यालय स्थापना गरिएको वडा सभापति दिनानाथ गिरीले बताउनु भयो ।
प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पार्टीका नेताहरुले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मकरूपमा नेपाली कांग्रेस सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य दिर्घबहादुर केसी(कुमार)ले नेकपा एमालेले हरेक निर्वाचनमा झुठको राजनीति गरेकाले एमालेका झुठ र सरकारमा रहेका वेला एमालेले गरेका गलत क्रियाकलापको पर्दाफास गर्न कांग्रेसले अभियान सञ्चालन गरेको बताउनु भयो । एमालेले जनताका समस्यालाई सम्बोधन गर्ने भन्दा आफ्ना कार्यकर्ता पोस्ने र विकास निर्माणको बजेटमा भ्रष्टाचार गर्ने गरेको आरोप लगाउनु भयो । सुकुम्वासीलाई लापुर्जा र प्रदेशको स्थायी राजधानी बुटवल वनाउने भनेर चुनाव जितेका विष्णु पौडेलले चुनाव जिते लगत्तै स्थायी राजधानी दाङ लगेर बुटवल र रुपन्देही वासीलाई धोका दिएको बताउनु भयो ।
कांग्रेस क्षेत्र नम्वर २ का सभापति हरि लम्सालले कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत ३ वर्षे कार्यकालमा भएका जनभावना विपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने उद्देश्यले कांग्रेसले घर घर जाऔं, कांग्रेस जिताऔं अभियान सञ्चालन गरेको बताउनु भयो ।
कम्युनिष्टले गरेका जनभावना विपरितका गतिविधिबाट आजित भई नेपाली कांग्रेसले सञ्चालन गरेको अभियान बाट प्रभावित बनेर विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै सभापति लम्सालले कांग्रेसमा प्रवेश गर्नेहरुको लहरले एमालेमा पहिरो गएको र कांग्रेसको भकारी भरिएको बताउनु भयो । सो अवसरमा ७ नम्वर वडाका विभिन्न टोलवाट ५१३ जना ब्यक्ति विभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका वडा सभापति दिनानाथ गिरीले जानकारी गराउनु भयो । सभापति गिरीका अनुसार नेकपा एमालेबाट ४००, माओबादीबाट ५० र अन्य दलबाट ६३ जना गरि ५१३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस बुटवल उपमहानगर समिति सभापति खेलराज पाण्डेले नेपाली कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी मानिसलाई कोरोनाबिरुद्धको खोप लगाएको र जनताको जीवन रक्षालाई प्रधान विषय बनाएको बताउंदै आगामी निर्वाचनसम्म पुग्दै गर्दा प्रायःलाई लगाइसक्ने संकल्प कांग्रेसले लिएको बताउनु भयो । उहांले बुटवलको समग्र मुहार फेर्नका लागि र बुटवलवासी जनताको समस्या समाधानका लागि निर्वाचनमा नेपाली कांग्रेसले जित्नुपर्ने बताउनु भयो ।
कांग्रेस नेता युवराज गिरीले यो निर्वाचनमा कांग्रेसलाई हार्ने छुट नभएको भन्दै सबै नेता कार्यकर्ता एकजुट भएर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी वनाउने अभियानमा जुट्न आग्रह गर्नुभयो ।
वडा सभापति दिनानाथ गिरीको सभापतित्वमा भएको कार्यक्रममा लुम्विनी प्रदेश सदस्य रवि विक, जिल्ला सचिव परमानन्द भट्टराई, जिल्ला सदस्य राधा ज्ञवाली, महाधिबेशन प्रतिनिधि गुप्त बहादुर केसी, क्षत्रिय सचिव बिमलराज भट्टराई, प्रदेश सभा क का सभापति खडक बहादुर महत, नेपाल शिक्षक संघका केन्द्रीय महासचिव सोमनाथ गिरी, वडा सचिव होम मल्ललगायतले बोल्दै राष्ट्रिय सहमति निर्माण गरी हालसम्मको सबैभन्दा ठूलो अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसद्बाट पारित गराउन सफल भएकाले त्यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागतरूपमा चिर्न आवश्यक रहेको धारणा राख्नुभयो । सोही अवसरमा सम्पर्क कार्यालय सञ्चालनका लागि युवा बयवसायी भुपेन्द्र बहादुर क्षेत्री(हरि)ले वडा सभापति गिरीलाई रु १ लाख नगद सहयोग प्रदान गर्नुभएको थियो ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमा ३ मा महिला संघ र तरुणदल गठन

Next Post ≫

उत्पादनसंग जोड्न सहकारीका सदस्यलाई उद्यमशिलता तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क