Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको तिलोत्तमा ३ मा महिला संघ र तरुणदल गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमा ३ मा महिला संघ र तरुणदल गठन

संसारपोस्ट संवाददाता · १२ चैत्र २०७८ · 0
रुपन्देहीको तिलोत्तमा ३ मा महिला संघ र तरुणदल गठन
90
SHARES
ShareTweet

घर घर जाऔं, कांग्रेस जिताऔं अभियानमा कांग्रेस प्रवेश गर्नेको लहर
तिलोत्तमा, १२ चैत । नेपाली कांग्रेसले शुरु गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान अन्तर्गत नेपाली कांग्रेस वडा कार्यसमिति तिलोत्तमा नगरपालिका वडा नम्वर ३ ले नेपाल महिला संघ र नेपाल तरुणदल गठन गरेको छ ।
पार्टी केन्द्र, जिल्ला, क्षेत्र र प्रदेशको निर्देशन अनुसार ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत पार्टीका गतिविधिलाई चलायमान बनाएको वडा समितिले पार्टी संगठनलाई थप मजवुत र क्रियाशिल बनाउन हिरा अधिकारीको संयोजकत्वमा वडा स्तरीय महिला संघ र अमृत पाण्डेको संयोजकत्वमा तरुणदल गठन गरिएको वडा सभापति केशरी पाण्डेले बताउनु भयो ।
वडा अन्तर्गतका टोल विकास समितिको अधिबेशन सम्पन्न गरे लगत्तै नेपाली कांग्रेसले शुरु गरेको एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल पार्न र आगामी निर्वाचनमा वडामा नेपाली कांग्रेसलाई विजयी वनाउन वडा समिति क्रियाशिल रहेको सभापति पाण्डेले बताउनु भयो ।
अभियान अन्तर्गत शनिबार वडा कार्यसमितिले आयोजना गरेको नेपाल महिला संघ, नेपाल तरुण दल गठन तथा बिशेष कार्यकर्ता भेलाको उद्घाटन गर्दै कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले निर्वाचनबाट पुरानो, ऐतिहासिक र जनताको पार्टी नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो । जनताले कम्युनिष्ट पार्टीलाई दुई तिहाईको बहुमत सहित सत्ता सुम्पिए पनि कम्युनिष्टले सत्ता टिकाउन नसकेर संसद भंग गर्ने र प्रतिपक्षमा भए संसद चल्न नदिई हलो अड्काएर गोरु चुट्ने काम गरेकाले यो निर्वाचनमा जनताले जनताको पार्टी कांग्रेसलाई विजयी बनाउने विश्वास ब्यक्त गर्नुभयो । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले चैत २९ गतेसम्म घर घर जाऔं, कांग्रेस जिताऔँ अभियान सञ्चालन गरेको भन्दै उहांले मान्छे जम्मा गरेर होइन घर घरमा पुगेर कांग्रेसले गरेका उपलब्धि र कम्युसिनष्ट सरकारले गरेका विसंगतिका बारेमा जनतालाई बुझाउन आग्रह गर्नुभयो ।
वडा सभापति केशरी पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा महिला संघ रुपन्देहीका सभापति गंगा शाही, महासमिति सदस्य चित्र केसी, कांग्रेसका निवर्तमान जिल्ला सदस्य हरि प्रसाद तिवारी, महाधिबेशन प्रतिनिधि चिरन्जिवी पौडेल, प्रदेश सहसचिव सनत गौतम, नगर उपसभापति कल्याण पौडेल, नेपाल महिला संघकी बाला घिमिरे, तरुण दलका नगर अध्यक्ष खिमबहादुर क्षेत्री, वडा उपसभापति पदम बहादुर पौडेल, सचिव दिनेशमणि सुवेदी, कांग्रेस पशुपति टोल समितिका सभापति बासुदेव भण्डारी, सुनौलो नगरका सभापति दुर्गा बहादुर सिंजालीलगायतले अव आउने निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने गरी अभियान सफल वनाउनु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा विभिन्न टोल समितिको सक्रियतामा विभिन्न पार्टी परित्याग गरी ५५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नव प्रबेशीहरुलाई पार्टीका जिल्ला सभापति रामकृष्ण खाँण र वडा सभापति केशरी पाण्डेले पार्टीको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराउनु भएको थियो ।

≪ Previous Post

लुम्बिनी खुकुरी क्रिकेट क्लब फाइनलमा

Next Post ≫

बुटवलका मेयर सुवेदीको वडामा ५१३ जना कांग्रेसमा प्रवेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क