Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी खुकुरी क्रिकेट क्लब फाइनलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी खुकुरी क्रिकेट क्लब फाइनलमा

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७८ · 0
लुम्बिनी खुकुरी क्रिकेट क्लब फाइनलमा
50
SHARES
ShareTweet

भैरहवा, ९ चैत । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा बुधबार भएको सुपर फोरको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई ७४ रनले पराजित गरेको छ । जितसँगै एक खेल अगावै लुम्बिनी खुकुरी क्लव फाइनल पुगेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४३.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रनको योगफल बनायो । उसका लागि लालबहादुर अधिकारीले ४८, निश्चल चौधरीले २९, शंकर रानाले २६ र अन्तिम थापाले २२ रन बनाए । बलिङमा वेष्टर्नका नरेन साउदले ४ तथा अनिल खरेल र शौरभ खनालले समान ३–३ विकेट लिए ।
प्रतिउत्तरमा वेष्टर्न ३३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनमै समेटियो । उसका लागि विक्रम भुसालले ५२, प्रतिष जिसीले ३३ र शौरभ खनालले १५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी खुकरीका अजयकुमार चौहानले ४, लालबहादुर अधिकारीले २ तथा धिरज शाही, शाहव आलम र इकलाख अहम्मदले समान १–१ विकेट लिए । लालबहादुर अधिकारी म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

≪ Previous Post

ग्याँस, पेट्रोलियम र टैंकर ब्यवसायीहरुले विक्री वितरण र ढुवानी ठप्प पार्ने

Next Post ≫

रुपन्देहीको तिलोत्तमा ३ मा महिला संघ र तरुणदल गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क