Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विदेशमा रहेका नेपालीलाई मताधिकार दिने दलहरुको प्रतिवद्धता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने दलहरुको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ८ चैत्र २०७८ · 0
विदेशमा रहेका नेपालीलाई मताधिकार दिने दलहरुको प्रतिवद्धता
70
SHARES
ShareTweet

बुटवल, ८ चैत । प्रमुख राजनैतिक दलहरुले विदेशमा रहेका नेपाली नागरीकले आफ्नो मताधिकार प्रयोग गर्न यथासिघ्र छिटो कानुन वनाउने पक्षमा प्रतिवद्धता दोहो¥याएका छन् । उनीहरुले आसन्न संसदीय चुनावभित्र निर्वाचन सम्वन्धी एकिकृत ऐन र नियमावली जारी गरी अर्को चुनावमा विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने विश्वास राखेका छन् । संकटमा पनि अर्थतन्त्र धानिदिने आप्रबासी श्रमिकको मतदान गर्ने अधिकार सुनिश्चित गर्नु पर्नेमा सबैको एकमत देखिएको थियो ।
नेपाली डायेस्पोराद्वारा प्रवद्र्धन गरिएको गैर नाफामुलक तथा स्वतन्त्र अन्तर्राष्ट्रिय थिंक ट्याङ्क नेपाल पोलिसी इन्टिच्युट (एनपीआई) द्वारा आयोजित विदेशमा रहेका नेपालीको मताधिकार अधिकार सम्बन्धी नीति संवादलाई सम्बोधन गर्दै दलका प्रतिनिधिहरुले आवश्यक कानुन वनाई विदेशमा रहेका नेपालीलाई मताधिकार दिने पक्षमा आफुहरु तयार रहेको वताएका हुन् ।
नेपाल पोलिसी इन्टिच्युटका अध्यक्ष खगेन्द्रराज ढकालले विदेशमा रहेका नागरिकलाई मतदान दिने सबालमा गरिएका अन्तर्राष्ट्रिय अभ्यास र नेपालका वर्तमान संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको २०१७ को निर्बाचनको घोषणा पत्रमा आप्रबासी श्रमिकको विषयमा गरिएका प्रतिवद्धताको समिक्षा समेटेर गरिएको प्रस्तुतीमा प्रतिक्रिया दिदै दलका नेताहरुले उक्त धारणा पेश गरेका हुन् । सर्वोच्च अदालतले आदेश दिइसकेपछि निर्वाचन आयोगले निर्वाचन सञ्चालन र ब्यवस्थापन गर्ने सम्बन्धी एकिकृत ऐनको मस्यौदा तयार गरेको छ । दलहरुले यो संसदमा पेश भएपछि अगाडि बढाउने प्रतिबद्धता गरेका छन् ।
नेकपा माओवादी केन्द्रका नेतृ उर्जा मन्त्री पम्फा भुसालले सरकार सर्वोच्च अदालतले दिएको फैसलालाई कार्यान्वयन गर्न तर्फ अग्रसर रहेको वताउनु भयो । ‘विदेशमा रहेका नेपालीलाई मताधिकारको अधिकार दिन हाम्रो पार्टी र नेपाल सरकारको असहमति छैन । सर्वोच्चले आदेश दिएपछि अहिले यससम्बन्धी कानुन वनाउने चरणमा छौं’, भुसालले भन्नुभयो–‘निर्वाचन सम्बन्धी वनेको एकिकृत विधेयक मन्त्री परिषदमा पेश भएपछि हामी संसदमा पठाउनेछौं । यसलाई सम्बोधन गर्न कसैको दुई मत छैन ।’
उहांका अनुसार निर्वाचनको तयारीसँगै कानुन निर्माण प्रक्रियालाई सँगै सँगै लैजानुपर्नेछ । ‘एक्काईसौं शताब्दीको क्रान्ति भनेको प्रबिधि हो । आफ्नो मतदान प्रयोग गर्न पाउने प्रविधि विकास भइसकेको छ’, उहांले भन्नुभयो–‘हिँउदे अधिवेशन सकियो । अब डेढ महिनासम्म स्थानीय निर्वाचनको महोल छ । त्यसपछि हुने बर्षे अधिवेशनमा यस सम्बन्धी कानुन वनाउने तर्फ केन्द्रित गर्नुपर्छ ।’
नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका पुर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले विदेशमा रहेका नेपालीलाई मताधिकारको अधिकार दिन चाँडो भन्दा चाँडो सम्भव तुल्याउन काँग्रेस दृढ रहेको वताउनु भयो । ‘अघिल्लो चुनावमा नै १० बर्षभित्र मतदान गर्ने अधिकार दिने भनेर नेपाली काँग्रेसले आफ्नो घोषणापत्र लेखेको थियो । पहिलो ५ बर्षभित्र कानुन वनाउने प्रक्रियामा वित्यो । अबको ५ बर्ष भने कानुनलाई कार्यान्वयन गर्ने तर्फ केन्द्रित हुनेछौं,’ उहांले भन्नुभयो ।’ ‘विदेशमा रहेका नेपालीको पुर्ण सहभागिता नभएसम्म नेपालको चुनावले पुर्णता पाउदैन । कानुन वनाएर मात्रै हुदैन, सुरक्षित तरिकाले मत हाल्ने वातावरण पनि बनाउनुपर्छ । त्यसलाई ब्यवहारमै उतार्नुपर्छ ।’उहांको भनाई छ ।
एमालेका उपमहासचिव समेत रहेका पुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले निर्वाचन आयोगले कानुनी पाटो अगाडि बढाएपछि दलहरु सवै साझा निष्कर्षमा पुग्नुपर्ने वताउनु भयो । ‘संसदमा निर्वाचन सम्बन्धी एकिकृत विधेयक पेश हुनासाथ हामी अगाडि बढाउन सहयोग गर्छौ । यसमा म विश्वस्त छु’, उहांले भन्नुभयो–‘विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न सवै दलहरु एकमत छ । यसलाई कार्यान्वयन गराउन निर्वाचन आयोगको क्षमतालाई पनि बढाउनुपर्छ ।’
जनता समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले ‘आइ भोटिङ’बाटै विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनुपर्ने वताउनु भयो । ‘संबिधानले देशमा वस्नेले मत हाल्न पाउने तर विदेशमा वस्नेले हाल्न नपाउने भनेको छैन । मताधिकार दिनु हुदैन भनेर कुनै पनि दलले विरोध गरेको छैन’, ५० भन्दा बढी देशहरुले गरेको अभ्यासलाई हेर्नुपर्छ ।’ उहांको भनाई छ ।
नेपाल पोलिसी इन्टिच्युटका अध्यक्ष खगेन्द्रराज ढकालले बाहिर भएका नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने सम्बन्धमा राजनैतिक अडान बुझ्न चाहिरहेको वताउनु भयो । ‘विदेशमा रहेका नेपालीले एकातिर मुलुकको अर्थतन्त्र धानिरहेको छन् भने अर्कोतिर उनीहरुमाथि नै राज्यबाट विभेद भइरहेको छ । यो बिभिन्न नाममा छ’, उहांले भन्नुभयो– ‘विदेशमा रहेका नेपालीले आफ्नो नेतृत्व छान्ने अधिकारलाई उपभोग गर्न पाउनुपर्छ ।’ एनपीआईको अध्ययनले ‘आइ भोटिङ’ बाट नै कानुनी झन्झट नहुनुको साथै ब्यबस्थापनको दृष्टिले पनि सहज हुने देखाएको उहांले बताउनु भयो ।
भर्खरै प्रकासित एनपीआईको नीति संक्षेपलाई उदृत गर्दै उहांले मतको लागि सहज पहुच, बैधता र सुरक्षाको सुनिश्चिताको लागि पनि अन्तर्राष्ट्रिय स्वतन्त्र सस्थाहरुको सहयोग लिन सकिने उल्लेख गर्नुभयो ।
एनपीआईको उक्त नीति संक्षेपका अनुसार विश्वभर रहेको एकसय ५० भन्दा बढी देशहरुसँग मुलुकबाहिर रहेका आफ्ना नागरिकहरुको मताधिकार सुनिश्चित गर्ने कानुनी संयन्त्र छ । यसमा नेपालजस्तै वा अझ सीमित स्रोत साधन भएका धेरै देशहरु समावेश छन् । उक्त नीति संक्षेप नेपाललाई देश बाहिर रहेका नागरिकहरुको मतदानको व्यवस्था लागु गर्न मद्दत पुग्ने आबश्यक नीति नियमहरु निर्माण गर्न उपयोगी विभिन्न परिवेशका अन्तर्राष्ट्रिय प्राबधानहरु प्रस्तुत गरेको छ । इन्डोनेशिया, एस्टोनिया र फ्रान्सले गरेको अभ्यास हेर्दा आर्थिक र प्रभाबकारीताको दृष्टिकोणले नेपाललाई आइ–भोटिङ (इन्टरनेटमा आधारीत मतदान)मा जानको लागि एनपीआईको नीति संक्षेपको सुझाब छ । नेपाली दूतावास वा महावाणिज्य दूतको कार्यालय वा अन्य मतदान केन्द्रहरुको व्यवस्था गरि भौतिक रुपमा ब्यक्ति स्वयं उपस्थित भई कागजी वा विद्युतीय मतदान गर्न सुरक्षा, आर्थिक र प्रशासिनक रुपमा निकै कठिनाइ देखिन्छ ।
ढकालको प्रस्तुतिका अनुसार नेपालीहरु अहिले १०० देश भन्दा बढी देशमा फैलिएको सन्दर्भमा आइ–भोटिङ एउटा निकै उपयोगी र सहज उपाय भए पनि यसको कार्यन्वयन गर्न राज्यको ठुलो इच्छाशक्ति चाहिन्छ । यसको लागि अझै देखिएका विशेष चुनौतीहरुलाई सम्बोधन गरिनुपर्छ । भारतको हकमा स्थानीय निकाय परिचालन गरि नागरिकताको आधारमा र अन्य देशमा बसोबास गरेका नेपालीको लागि राहदानीलाइ नै मुख्य आधार बनाएर मतदाता नामवाली बनाउन सकिने अध्यक्ष ढकालको प्रस्तुतिको निष्कर्ष थियो । उक्त नीति संवाद आप्रवासन बिज्ञ तथा एनपीआईकी कार्यकारी सदस्य सरु जोशीले संचालन गर्नुभएको थियो । जोशीले राजनीतिक नेतृत्वले यो मुद्दालाई ढिला नगरी अगाडी बढाउनु पर्ने वताउनु भयो । कार्यक्रम संचालन गर्दै उहांले इन्टरनेटबाट पैसा पठाउन सकिन्छ भने मत पठाउन किन नसकिने भनेर प्रश्न गर्नुभएको थियो ।
नीति संबादको निष्कर्ष सुनाउदै एनपीआईका बोर्ड सदस्य डा. अम्बिका अधिकारीले यो छलफललाई समेटेर अर्को एक नीति संक्षेप प्रकाशन गरेर नीति निर्माताहरुलाई सहयोग गर्ने बताउनु भयो ।
नीति संवादमा भारत, मलेसिया, कतार, दुबई, साउदी अरेबिया, कोरिया, जापान, फ्रान्स, अमेरिका लगायतका मुलुकमा बसोबास गरिरहेका आप्रबासी श्रमिकहरुले राजनीतिक दलका नेताहरुलाई प्रश्न गर्दै चाँडो आफ्नो मतदान गर्ने अधिकार सुनिश्चित गर्न आबश्यक नीति बनाउन आग्रह गरेका थिए । प्रश्नहरुको जबाफ दिदै वर्तमान सरकारका मन्त्री पम्फा भुषालले यो नीति सम्बादको निष्कर्षलाई आइतबारको मन्त्रीपरिषदको बैठकमा राख्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
एनपीआईले करिब एक महिना अगाडि यहि बिषयमा श्रमिकहरु आबद्ध अन्य सरोकारवाला संघसस्था तथा निर्बाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेती लगायतका बक्ताहरुलाई आमन्त्रण गरी यही बिषयमा नीति संवाद गरेको थियो ।

≪ Previous Post

तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण नगरपालिका

Next Post ≫

कृषि मेलाको तयारी पुरा : लुम्बिनीका प्रदेश प्रमुख शेरचनले उद्घाटन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क