Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कृषि मेलाको तयारी पुरा : लुम्बिनीका प्रदेश प्रमुख शेरचनले उद्घाटन गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कृषि मेलाको तयारी पुरा : लुम्बिनीका प्रदेश प्रमुख शेरचनले उद्घाटन गर्ने

संसारपोस्ट संवाददाता · ८ चैत्र २०७८ · 0
कृषि मेलाको तयारी पुरा : लुम्बिनीका प्रदेश प्रमुख शेरचनले उद्घाटन गर्ने
110
SHARES
ShareTweet

बुटवलस ८ चैत । बुटवल उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको कृषि मेला–२०७८ को तयारी पुरा भएको छ ।
संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा संघले यहि चैत १० देखि १४ गतेसम्म बुटवलमा दशौं संस्करणको कृषि मेला आयोजना गर्न लागेको हो ।
मेलाको तयारीका विषयमा जानकारी गराउन संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको तयारी पुरा भएको जानकारी गराएको हो ।
‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको मेलाको बिहिबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुहुनेछ ।
२०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले २०४१ सालमा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला गरेको थियो भने २०६२ सालदेखि विशिष्टिकृत कृषि मेलाको सुरुवात गरेको थियो ।
नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि पेशामा आश्रीत भएपनि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ३६ प्रतिशत मात्रै रहेको बताउँदै पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा कृषि मेला कार्यसम्पादन समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले कृषिमा व्यवसायिक विकास गरि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टिकृत कृषि मेला आयोजना गरिएको बताउनु भयो । रोजगारीमा समेत कृषि क्षेत्रको उल्लेखनीय योगदान भएपनि उत्पादन एवं उत्पादकत्व ज्यादै न्यून रहेको उहाँको भनाई छ ।
पछिल्लो समयमा कृषिजन्य उत्पादनको आयातमा समेत अरबौं रुपैयाँ बाहिरिरहेको छ । कृषि क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागर गर्न, थप लगानी भित्र्याउन तथा कृषिमा आधुनिकिकरण र प्रतिस्पर्धात्मक क्षमता बढाउनको लागि पनि कृषि मेला फलदायी हुने विश्वास गरिएको छ ।
५ दिनसम्म सञ्चालन गरिने मेलामा कृषिमा अत्याधुनिक प्रविधि (जस्तै ः धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैबिक मल आदी) को प्रदर्शनी गरिने छ । त्यस्तै कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशन गरिने छ । कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवद्र्धन गरिने छ । यसले स्थानीय कृषि वस्तुको प्रवद्र्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मेलामा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल समावेश गरिने छ । त्यस्तै दुग्धपान प्रतियोगिता, कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी, कृषिमा आधारित सांस्कृतिक कार्यक्रम गरिने छ ।
गैरनाफामुलक मेलाको रुपमा आयोजना गरिएको कृषिमेलामा अधिकतम ५० स्टल रहने छन् । मेलामा २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।
पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयका उपसचिव घनश्याम चौधरीले कृषिको व्यवसायिक विकास र प्रवद्र्धनको लागि बुटवल उद्योग वाणिज्य संघले गरेको कार्य सह्रानीय रहेको बताउनु भयो । उहाँले कृषिको व्यवसायिक विकास गरि कृषिजन्य आयात प्रतिस्थापन गर्न सकियो भने मात्रै देश संमृद्धिको यात्रामा अगाडि बढ्ने भनाई राख्नुभयो ।

≪ Previous Post

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने दलहरुको प्रतिवद्धता

Next Post ≫

ग्याँस, पेट्रोलियम र टैंकर ब्यवसायीहरुले विक्री वितरण र ढुवानी ठप्प पार्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क