Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण नगरपालिका
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण नगरपालिका

संसारपोस्ट संवाददाता · ८ चैत्र २०७८ · 0
तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण नगरपालिका
50
SHARES
ShareTweet

तिलोत्तमा, ८ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका बनेको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित हुने तिलोत्तमा सम्भवत मुलुककैं पहिलो नगरपालिका हो ।
कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एग्रिडेशन पÞmाउण्डेशन (युएएफ) अमेरिकाले नगरपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित गरेको छ ।
मंगलबार नगरपालिकामा आयोजित कार्यक्रममा आइएसओ सर्टिफिकेशन नेपालका निर्देशक सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
तिलोत्तमाले विभिन्न सूचक पार गरेर अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो स्थानीय तह बनेको निर्देशक शर्माले बताउनुभयो । नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले देशभरमा अन्य पालिकाहरुले समेत अन्तर्राष्ट्रिय गुणस्तर लिन प्रक्रिया अगाडी बढाइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले सबैको सहकार्यले नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरेको बताउँदै सबैप्रति आधार व्यक्त गर्नुभयो । उहाँले ३ वर्षसम्म म्याद रहने सो गुणस्तरलाई दिगोपन दिन सबै कर्मचारी, जनप्रतिनिधि नगरबासीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
सो अवसरमा नेकपा एमालेका जिल्ला सचिव यज्ञ गैरे, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली लगायतले बोल्दै नगरपालिकाले एक पछि अर्को गर्दै प्राप्त गरेको सफलताले नगरबासीको शिर उच्च बनाएको बताउनुभयो । विभिन्न राजनीतिक दल, संघ–संस्था, सञ्चारकर्मी, कर्मचारी, टोल विकास संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम भएको थियो ।

≪ Previous Post

मेलवर्नद्वारा वेष्टर्न ६२ रनले पराजित

Next Post ≫

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने दलहरुको प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क