Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एल.पि. ग्यांस, पेट्रोलियम र पेट्रोलियम ढुवानी ब्यवसायी आन्दोलित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एल.पि. ग्यांस, पेट्रोलियम र पेट्रोलियम ढुवानी ब्यवसायी आन्दोलित

संसारपोस्ट संवाददाता · ७ चैत्र २०७८ · 0
एल.पि. ग्यांस, पेट्रोलियम र पेट्रोलियम ढुवानी ब्यवसायी आन्दोलित
80
SHARES
ShareTweet

आन्दोलन प्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको ऐक्यवद्धता
बुटवल, ७ चैत । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल, रुपन्देहीले राष्ट्रिय पेट्रोलियम ब्यवसाय संस्थागत समन्वय समितिले नेपाल आयल निगममा पेश गरेको माग र माग पुरा गराउन घोषित आन्दोलनका कार्यक्रम प्रति ऐक्यवद्धता जनाएको छ ।
एशोसिएसनले आन्तरिक पर्यटन प्रवद्र्धन तथा विभिन्न जिल्लामा रहेका पेट्रोल पम्प र ब्यवसायीहरुको अवस्था बुझ्नका लागि आयोजना गरेको बुटवल देखि मुगुको रारा तालसम्मको अध्ययन अवलोकन भ्रमणका क्रममा रारा तालमा बसेको एशोसिएसनको बैठकले संस्थागत समन्वय समितिले राखेका माग र आन्दोलनका कार्यक्रम प्रति ऐक्यवद्धता जनाउने निर्णय गरेको हो ।
एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा एशोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका सचिव हिमाल गैरेले समन्वय समितिले आयल निगम समक्ष प्रस्तुत गरेका माग र आन्दोलनका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
नेपाल एल.पि. ग्यांस उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन तथा नेपाल पेट्रोलियम ढुवानी ब्यवसायी महासंघ सम्वद्ध राष्ट्रिय पेट्रोलियम ब्यवसाय संस्थागत समन्वय समितिले आयल निगम समक्ष तत्काल पेट्रोलियम ऐन ऐन बनाई लागु गर्नुपर्ने लगायतका ६ बुंदे माग पत्र प्रस्तुत गरेको सचिव गैरेले जानकारी गराउनु भयो ।
समन्वय समितिले आयल निगमको एल.पी. जी. र विक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्वन्धित ब्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जन र शंसोधन गर्नुपर्ने, यातायात क्षेत्रमा लागु गरेको बैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत लागु गर्न निगमद्वारा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार यथाशिघ्र लागु गर्न माग गरिएको छ । यस्तै पेट्रोलियम विक्रेताले प्रतिशतमा पाउंदै आएको कमिशन स्थगन गरिएकाले स्थगन गरिएकै मितिदेखि लागु हुनेगरी साविकको ब्यवस्था अनुसार कायम गर्न तथा पेट्रोलियम विक्रेताले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सानी नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार लागु गर्नुपर्ने माग गरिएको छ । समन्वय समितिले डिजेलको मूल्य अत्याधिक बृद्धि भएता पनि एल.पी. ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक साधनको भाडा समायोजन नभएकाले तत्काल भाडा समायोजन गर्न तथा आगामी दिनमा डिजेलको मूल्य अनुपातमा बढ्दा बढ्ने र घट्दा घट्ने गरी स्वचालित ढुवानी भाडा कायम गर्ने ब्यवस्था लागु गर्न माग गरिएको छ ।
समन्वय समितिले नेपाल आयल निगम संग प्रस्तुत गरेका माग पुरा गराउन विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । जस अनुसार चैत ५ देखि १५ सम्म स्थानीय स्तरका पेट्रोलियम, एल.पि., ढुवानी ब्यवसायी संघ संस्थाका प्रतिनिनिधि सम्मिलित आन्दोलन समिति गठन, उपभोक्ता, पत्रकार, स्थनीय प्रशासन, मजदुर संघ संस्था एबं सरोकारवाला संग समनवय गरी अन्तरक्रिया र प्रचार प्रसार गर्ने, चैत ६ गतेबाट एल. पि. ग्यांस उद्योगहरुले आयल निगमबाट पि.डि.यो. खरिद नगर्ने र चैत १० गतेबाट सम्पुर्ण एल.पि. ग्यांस उद्योगहरुले भारतका सबै रिफाइनरीहरुबाट ग्यास लोड बन्द गर्ने कार्यक्रम रहेको छ । यस्तै चैत १४ गतेबाट ग्यांस उद्योगहरुले सबै नाकाहरुबाट भन्सार छुटाउने कार्य नगर्ने, चैत १६ बाट राज्यभरका पेट्रोलियम पदार्थको ढुवानी टैंकरहरुले पि.डि.यो. नलिने, चैत १७ बाट ग्यास उद्योगहरुले विक्रेताहरुलाई विक्री वितरण वन्द गर्ने तथा चैैत १८ बाट पेट्रोलियम ढुवानी टैंकरहरुले लोडिङ÷अनलोडिङ बन्द गर्ने र विक्रेताहरुले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद वन्द गर्ने कार्यक्रम छ । समन्वय समितिले प्रस्तुत गरेका माग पुरा नभएसम्म चैत २० गतेबाट देशब्यापी रुपमा एल.पि.ग्याँस उद्योग र ग्याँस विक्रेताहरुले ग्याँस, पेट्रोलियम ढुवानी टैंकरहरुले ढुवानी तथा पेट्रोलियम विक्रेताहरुले विक्री स्थल एवं पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम रहेका छन् ।
पश्चिमाञ्चल क्षेत्रमा आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन एशोसिएसनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरेको संयोजकत्वमा महासचिव हरिराम कसौधन, सल्लाहाकार विरेन्द्र यादव, कार्य समिति सदस्य ढुण्डी अधिकारी र लोकप्रसाद भुसाल सदस्य रहेको आन्दोलन परिचालन समिति पनि बैठकले गठन गरेको छ ।


रारा ताल अवलोकन भ्रमण ऐतिहासिक
एशोसिएसनको आयोजनामा भएको रारा ताल अवलोकन भ्रमण ऐतिहासिक भएको बैठकले निष्कर्ष निकालेको छ । एशोसिएसनका कोषाध्यक्ष बिशाल गैरेले संयोजन गर्नुभएको २४ सदस्यीय टोलीले चैत १ गते देखि ६ गतेसम्मको अध्ययन अवलोक भ्रमणका क्रममा दाङ, बांके, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लामा रहेका पेट्रोल पम्पहरुको अवलोकन गरिनुका साथै ब्यवसायीका समस्याका विषयमा छलफल अन्तरक्रिया समेत गरिएको अध्यक्ष न्यौपानेले जानकारी गराउनु भयो । उहांका अनुसार भ्रमणकै क्रममा कतिपय ब्यवसायीले राखेका गुनासा र समस्या स्थानीय प्रशासनसंग समन्वय गरेर समाधान गर्ने काम समेत भएको छ । रारा ताल दुर्गम तथा विकट क्षेत्रमा अवस्थित रहेपनि तालमा पुगेपछि निकै ठूलो उपलब्धि हासिल गरेको र नेपालको स्वर्गमा पुगेको अनुभूति भएको एशोसिएसनका सचिव गोपाल बस्यालले अनुभव सुनाउनु भयो । सोही अवसरमा एशोसिएसनको पहिचान झल्किने पिनको समेत विमोचन गरिएको थियो ।
कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध रारा ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट पश्चिम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि पुगिने १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर, अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ । रारा ताल वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा ताल प्रकृतिको उपहारको रूपमा रहेकाले पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनमा आवद्ध ब्यवसायीहरुलाई नयाँ ठाउंको नयाँ अनुभव बटुल्न सहज होस् र आन्तरिक पर्यटनको प्रवद्र्धन समेत गर्ने उद्देशयले अवलोकन भ्रमणको आयोजन गरिएको एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले जानकारी गराउनु भयो । सो क्रममा ब्यवसायीहरुले तालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् पुगिने तालको पश्चिमतर्फ रहेको मुर्मा टपमा पुगेर रारा तालको मनमोहक दृष्यका साथै सैपाल हिमाल लगायतका विभिन्न हिम श्रृङ्खलाहरुको मनोरम दृष्यको अवलोकन गरेका थिए ।

≪ Previous Post

रोटरी बैठकमा डिष्ट्रिक कन्फ्रेन्सको तयारीबारे छलफल

Next Post ≫

जि पि कोईराला फाउण्डेशन रुपन्देहीले अनाथ आश्रममा खाना खुवायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क