बुटवल, ७ चैत । रोटरी क्लव अफ बुटवलको १४०६ औं नियमित बैठक क्लव सचिवालय बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा यही चैत १८, १९ र २० गते हुने डिष्ट्रिक कन्फ्रेन्सको तयारीका बारेमा छलफल भएको थियो ।
बैठकमा क्लवका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयर कन्फ्रेन्सको हालसम्मको तयारीबारे जानकारी गराउनु भएको थियो ।
बैठकमा अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले अहिलेसम्म करिव २० जनाले कन्फ्रेन्समा जानका लागि रजिष्ट्रेशन गराइसकेको र २५ देखि ३० जनासम्म सहभागि हुनेगरी तयारी भैरहेको जानकारी गराउनुभयो । बैठकमा रोटरीयनहरु आमोद सिमाङ्गैडा, कृष्णप्रसाद अर्याल, हरिप्रसाद पौडेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकमा ताराप्रसाद भट्टराई, झविन्द्रप्रसाद कंडेललगायतले डिष्ट्रिक कन्फ्रेन्सका लागि गर्नुपर्ने तयारीका कामबारेमा आ–आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो ।