Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जनताको अभिमत अनुसार काम नगरेर कम्युनिष्टले जनतालाई धोका दिए : नेता राणा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जनताको अभिमत अनुसार काम नगरेर कम्युनिष्टले जनतालाई धोका दिए : नेता राणा

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७८ · 0
जनताको अभिमत अनुसार काम नगरेर कम्युनिष्टले जनतालाई धोका दिए : नेता राणा
120
SHARES
ShareTweet

भैरहवा, २९ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको आरोप लगाउनुभएको छ । स्थायी सरकारको नारा लिएर निर्वाचनमा जितेको कम्युनिष्ट पार्टीले जनताको अभिमत अनुसार काम नगरेको टिप्पणि गर्नुभयो ।
‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानको आईतबार भैरहवामा उद्घाटन गर्दै नेता राणाले पाँच वर्षका लागि जनताले सरकारको नेतृत्व गर्ने अवसर कम्युनिष्ट पार्टीलाई दिए पनि कम्युनिष्टले सो अनुरुप काम गर्न नसकेको उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा रुपन्देही खटिनुभएका राणाले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्दिन भन्दा पनि देशको परिस्थितिले सरकारको नेतृत्व गर्नु परेको बताउनुभयो ।
‘काँग्रेसले जे बोल्छ त्यही नै गर्छ, यसपटक काँग्रेसलाई जिताउनु पर्छ, यो भनेको नेतालाई होइन, तपाई हामी आफै जित्नुपर्छ,’ उहांले भन्नुभयो । आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक पालिकाले छुट्टै घोषणापत्र समेत बनाउन आवश्यक रहेको उहांले बताउनु भयो । विगतमा स्थानीय तह निर्वाचनमा उचित व्यवस्थापन नभएकै कारण रुपन्देहीमा काँग्रेसले दुईवटा पालिका मात्र जितेको उल्लेख गर्दै उहांले यसपटक राम्रो व्यवस्थापन मिलाएर बहुमत पालिका जित्नुपर्ने बताउनु भयो ।
एमसीसीको विषयमा काँग्रेसका नेताहरुको एउटै धारणा रहेको उल्लेख गर्दै नेता राणाले नेकपा एमाले अध्यक्ष के पी ओली प्रधानमन्त्री हुँदा एमसीसी प्रस्ताव अगाडी बढे पनि देउवा नेतृत्वको सरकार आइसकेपछि टेबुल हुँदै छलफल पश्चात बहुमतबाट पारित भएको उल्लेख गर्नुभयो । ‘ओली सरकारमा हुँदा जसरी पनि पास गर्नुपर्छ भन्ने कुरा आउँथ्यो, तर त्यही पार्टी विपक्षमा रहँदा बोल्न सकेन,’ उहांले टिप्पणि गर्नुभयो ।
कार्यक्रममा काँग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले सक्रियताका साथ निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले काँग्रेस हार्दा देश र जनताले दुःख पाउने भन्दै सबै एक भएर काँग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्याल, काँग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी, महासमिति सदस्य गंगा शाही, रुपन्देही क्षेत्र नम्वर २ का सभापति हरि लम्साल, ३ का सभापति शुसिल गुरुङ्, क्षेत्र नम्बर ५ का सभापति वसिउल्ला मुसलमान, क्षेत्र नम्बर ३(१)का प्रदेश सभापति सुरेन्द्र जंग राणा, बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे, गैडहवा गाउँपालिका सभापति सत्यनारायण पथिक, तिलोत्तमा–८ का सभापति केशव अर्याललगायतले बोल्दै आगामी निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन मुलुकलाई काँग्रेसमय बनाउन सबै एकताबद्ध भएर अगाडी बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
काँग्रेस जिल्ला उपसभापति थानेश्वर घिमिरेले आजदेखि शुरुभएको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान आगामी चैत २९ गतेसम्म जारी रहने बताउनु भयो ।
काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सभापतित्व, जिल्ला उपसभापति अनिता ढुंगाना शाहको स्वागत तथा सचिव हरि काफ्लेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

संसद अवरोध गर्नु एमालेको अलोकतान्त्रिक काम : मुख्यमन्त्री केसी

Next Post ≫

रोटरी बैठकमा डिष्ट्रिक कन्फ्रेन्सको तयारीबारे छलफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क