बुटवल, २९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संसदमा अवरोध गरेर एमालेले अलोकतान्त्रिक काम गरेको टिप्पणी गर्नुभएको छ । संघीय संसदमा विपक्षी एमालेले लामो समयदेखि संसद अवरुद्ध गरेर जनताको सार्वभौम अधिकार कुण्ठित गरेको उँहाको आरोप छ ।
हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई आईतबार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री केसीले एमालेले आफू भए ठिक नभए बेठिक भन्दै संसद अबरुद्ध गरेर लोकतन्त्र र गणतन्त्रकै खिल्ली उडाएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री केसीले विपक्षी दलले देशलाई बन्धक बनाएको आरोप लगाउनु भयो । लुम्बिनी प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गरेको उहांको भनाई छ । पूँजीगत खर्च, राजस्व संकलन लगायतका कुरामा सरकार सक्रिय रहेको मुख्यमन्त्रीको भनाइ छ ।