Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जि पि कोईराला फाउण्डेशन रुपन्देहीले अनाथ आश्रममा खाना खुवायो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जि पि कोईराला फाउण्डेशन रुपन्देहीले अनाथ आश्रममा खाना खुवायो

संसारपोस्ट संवाददाता · ८ चैत्र २०७८ · 0
जि पि कोईराला फाउण्डेशन रुपन्देहीले अनाथ आश्रममा खाना खुवायो
90
SHARES
ShareTweet

बुटवल, ८ चैत । गिरिजा प्रसाद कोईराला (जि पि) फाउण्डेशन जिल्ला समिति रुपन्देहीले बुटवल स्थित मानव सेवा आश्रममा रहेका सहयोगापेक्षी(बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) हरुलाई खाना खुवाएको छ ।
नेपाली राजनीतिका शिखर व्यक्तित्व स्वर्गीय गिरिजा प्रसाद कोईरालाको १२ औं स्मृति दिवसको अवसरपारेर फाउण्डेशनले मंगलवार बिहान आश्रममा रहेका सहयोगापेक्षीहरुलाई खाना खुवाएको हो ।
२०४७ सालको आन्दोलन, २०६२÷६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा विशेष योगदान पुराउनु भएका क्रान्ति नायक जि पि कोईरालाको स्मृतिमा सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको फाउण्डेशनका जिल्ला अध्यक्ष चिरन्जिवी शर्मा पौडेलले बताउनु भयो ।
कोईरालाको स्मृतिमा फाउण्डेशनका अध्यक्ष पौडेलको अध्यक्षतामा आश्रममा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा नेपाली कांग्रेसका लुम्विनी प्रदेश सदस्य राम बहादुर कार्की, फाउण्डेशनका लुम्विनी प्रदेश संयोजक तथा बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डे, महासमिति सदस्य चित्र केसी, फाउण्डेशनका जिल्ला सदस्य छायाँ पोख्रेललगायतले बोल्दै प्रजातन्त्रलाई संस्थागत गर्न, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र गणतन्त्र स्थापना गर्न गिरिजा प्रसाद कोईरालाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । फाउण्डेशनले आश्रममा रहेका अशक्त, अनाथ, बेसहारा नागरिकलाई खाना खुवाएर उदाहरणिय काम गरेको भन्दै उहांहरुले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । जहानियाँ राणा शासनको विरोध गरेको कारण निर्वासनमा रहनुभएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको कान्छो छोराको रुपमा गिरिजाप्रसादको जन्म भएको थियो ।
गिरिजाप्रसाद कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री हुनुभयो भने चार कार्यकाल पार्टी सभापति हुनुभयो । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो ।

≪ Previous Post

एल.पि. ग्यांस, पेट्रोलियम र पेट्रोलियम ढुवानी ब्यवसायी आन्दोलित

Next Post ≫

मेलवर्नद्वारा वेष्टर्न ६२ रनले पराजित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क