Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघको कृषि मेला :तयारी तिब्र
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघको कृषि मेला :तयारी तिब्र

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७८ · 0
बुटवल उद्योग वाणिज्य संघको कृषि मेला :तयारी तिब्र
80
SHARES
ShareTweet

बुटवल, २६ फागुन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको विशिष्टिकृत ‘कृषि मेला २०७८’ को तयारीको काम तिब्र पारिएको छ । मेला सञ्चालनको मिति नजिकिँदै गर्दा संघले तयारीको कामलाई तिब्र रुपमा अगाडि बढाएको हो ।
बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय, बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रवद्र्धनमा आगामी चैत १० देखि १४ गतेसम्म संघको सचिवालय परिषर बालमन्दिर बुटवलमा कृषि मेला गर्न लागिएको हो ।
संघले छोटो समयमा कृषि मेला गर्न लागेकोले पनि त्यसको तयारी तिब्र गतिमा गर्नु परेको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो । ‘बजारमुखि कृषिको आधार, समुन्न्त नेपालको पूर्वाधार’ भन्ने नारा सहित सञ्चालन गर्न लागिएको कृषि मेलामा व्यवसायिक कृषि तथा त्यसको लागि कृषिमा प्रविधि र उपकरणको प्रयोगलाई जोड दिईएको छ ।
सञ्चालन गर्न लागिएको मेला सम्पन्न गर्नको लागि कार्यसम्पादन समिति र विभिन्न उपसमितिहरुले जिम्मेवारीमा रहेका कामलाई तिब्र रुपमा अगाडि बढाएको संघको कार्यसमिति सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक जमुना पौडेलले बताउनु भयो । उहाँका अनुसार ती समितिहरु मेलालाई फलदायी रुपमा सम्पन्न गर्नको लागि पत्राचार, मूल व्यवस्थापन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, समन्वय, स्टल बुकिङ् तथा व्यवस्थापन, सौजन्य लगायतको काम भईरहेको छ ।
पाँच दिनसम्म सञ्चालन गरिने मेलामा ४५ स्टल राखिने छ । मेलामा कृषि तथा पशुपालन सम्बन्धि विशिष्ट उत्पादनको प्रदर्शनी तथा कृषि सम्बन्धि कार्यशाला गोष्ठि समेत गरिने संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव बिमलराज भट्टराईले बताउनु भयो ।

≪ Previous Post

यातायात क्षेत्रका समस्या समाधान गरिन्छ :मन्त्री ढेंगा

Next Post ≫

नेपाली कांग्रेस लुम्बिनी प्रदेश :उम्मेदवार छनौट गर्न मापदण्ड तय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क