Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा -९ केवलानीमा अतिथि गृह र सभाहल निर्माण
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा -९ केवलानीमा अतिथि गृह र सभाहल निर्माण

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७८ · 0
तिलोत्तमा -९ केवलानीमा अतिथि गृह र सभाहल निर्माण
80
SHARES
ShareTweet

तिलोत्तमा, १८ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । नगरपालिकाले वडा नं. ९ को केवलानीमा १६ कोठाको अतिथि गृह र १२ सय जना अट्ने क्षमताको सभाहल निर्माण गरेको हो । हाल सभाहलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ ।
कोरोना महामारीको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो । महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्यअनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।
नगरपालिकाले दुई बिगाहा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको हो । नगरपालिकाका योजना प्रमुख ईञ्जिनियर प्रदीप वनका अनुसार अतिथि गृहको लागत दुई करोड २२ लाख तथा सभाहलको लागत एक करोड ५७ लाख रहेको छ ।
अतिथि गृह तथा सभाहलको बुधबार आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्माले उद्घाटन गर्नुभयो । त्यस अवसरमा पूर्वमन्त्री समेत रहनुभएका विश्वकर्माले तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, पूर्व प्रदेश सांसद दधिराम न्यौपानेलगायतले विकास निर्माण तथा महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिकाको बारेमा बोल्नुभएको थियो । नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता, उपप्रमुख जगेश्वरदेवी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।

≪ Previous Post

रुपन्देही सुपर लिग : शंकरनगर क्रिकेट क्लब विजयी

Next Post ≫

लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा भट्टराई नियुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क