बुटवल, १८ फागुन । लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा बुटवलका जयप्रकाश भट्टराई नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश मन्त्री परिषद् तथा मन्त्री स्तरीय निर्णयबाट भट्टराई प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त हुनुभएको हो ।
लुम्बिनी प्रदेशका शिक्षा, बिज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्दिन खाँले भट्टराईलाई सदस्य सचिवमा नियुक्त भएको प्रमाणपत्रसहित र सपथग्रहण गराउनुभएको हो ।
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका—५ मा जन्मिनुभएका ३८ बर्षिय भट्टराइ हाल रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका—७ मा स्थायी रुपमा बस्दै आउनुभएको छ ।
यसअघि प्याब्सन तथा एन प्याब्सनमा आबद्ध रहँदा खेलकुद संयोजकको भुमिका समेत निर्बाह गर्नुभएको थियो ।
सदस्य सचिवमा नियुक्त भट्टराई स्कलर्स होम फुटवल एकेडेमीको संस्थापक संरक्षक, नेपाल विद्यालय फुटबल संघको संस्थापक सदस्य भैसक्नुभएको छ भने यसअघि स्कलर्स होमको प्रिन्सिपल तथा रोजबड एकेडेमीको अध्यक्ष भएर काम गरेको अनुभव समेत छ ।
