Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपर लिग : शंकरनगर क्रिकेट क्लब विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही सुपर लिग : शंकरनगर क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७८ · 0
रुपन्देही सुपर लिग : शंकरनगर क्रिकेट क्लब विजयी
80
SHARES
ShareTweet

भैरहवा, १८ फागुन । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गत डिभिजन बीको बुधबारको खेलमा शंकरनगर क्रिकेट क्लबले बुटवल राइनोज क्रिकेट क्लबलाई २६ रनले पराजित गरेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय १२ रनको योगफल बनायो । उसका लागि विशाल विक्रम केसीले ६६ र विराट भण्डारीले ५७ रनको योगदान गरे । बलिङमा बुटवल राइनोजका सन्जु बोहराले ३, कुशल सिंह र अमृत थापाले समान २–२ विकेट लिए ।
जवाफी व्याटिङमा आएको बुटवल राइनोज ४९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ८६ रनमै समेटियो । उसका लागि दीपक डुम्रेले ४२ र सुरज सारुले ३९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा शंकरनगरका सन्तोषबहादुर खत्रीले ३ र विशाल विक्रम केसीले १ विकेट लिए ।
म्यान अफ द म्याच हुँदै विशाल विक्रम केसीले १ हजार २ सय रुपैयाँ प्राप्त गरे । बिहीबार डिभिजन बीअन्तर्गतको अन्तिम खेलमा शंकरनगर क्रिकेट क्लब र गोलपार्क क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।

≪ Previous Post

ढुवानीलाई बैज्ञानिक बनाउन र भाडामा एकरुपता कायम गर्न सुझाव

Next Post ≫

तिलोत्तमा -९ केवलानीमा अतिथि गृह र सभाहल निर्माण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क