Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ढुवानीलाई बैज्ञानिक बनाउन र भाडामा एकरुपता कायम गर्न सुझाव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ढुवानीलाई बैज्ञानिक बनाउन र भाडामा एकरुपता कायम गर्न सुझाव

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०७८ · 0
ढुवानीलाई बैज्ञानिक बनाउन र भाडामा एकरुपता कायम गर्न सुझाव
90
SHARES
ShareTweet

बुटवल, १७ फागुन । माल सामानको ढुवानी भाडालाई बैज्ञानिक रुपमा निर्धारण गर्न र त्यसमा एकरुपता कायम गर्न व्यवसायीहरुले ढुवानी व्यवसायीलाई सुझाव दिएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबार बुटवलमा आयोजना गरिएको ढुवानी सम्वन्धि अन्तरक्रियामा ट्रान्सपोर्ट व्यवसाय ढुवानी ग्राममा सरेपछि ढुवानीको भाडादर वृद्धि भएको र भाडामा एकरुपता नभएको भन्दै ब्यवसायीहरुले सुधार गर्न सुझाव दिएका हुन ।
बुटवल नगरपालिकाले बुटवलको ढवाहमा ट्रान्सपोर्ट ग्राम निर्माण गरेपछि बुटवलमा छरिएर रहेको ट्रान्सपोर्ट व्यवसाय त्यहाँ सरेको छ । बुटवलको मुख्य बजारबाट ६÷७ किलोमिटरको दुरीमा व्यवसाय सरेपछि ढुवानी भाडामा केही वृद्धि हुनु स्वभाविक भएको ढुवानी ब्यवसायी बताउंछन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष टंकप्रसाद पराजुलीले ट्रान्सपोर्ट व्यवसायलाई व्यवस्थित गर्नको लागि नगरपालिकाले थ्रीपीको अवधारणामा ढवाहमा ट्रान्सपोर्ट ग्राम स्थापना गरिएको बताउंदै त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैको आ–आफ्नै भूमिका हुने र त्यो भूमिका सबैले निर्वाह गर्नुपर्ने बताउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नयाँ ठाउँमा जादा सुरुसुरुमा समस्या देखिएपनि बिस्तारै समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले व्यवसायीको गुनासो आएपछि त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल कार्यक्रम आयोजना गरिएको बताउनु भयो । अध्यक्ष कसजूले भाडालाई वैज्ञानिक रुपमा व्यवस्थापन गरेर एकरुपता कायम गर्न पनि आग्रह गर्नुभयो ।
ढुवानी व्यवसायी संघका अध्यक्ष श्यामराज हमालले तुलनात्मक रुपमा ढुवानीको भाडा बढी देखिएपनि अहिले दुरी बढी भएकाले पुरानै दरमा काम गर्दा आफूहरुलाई घाटा हुने बताउनु भयो । व्यवसायमा नाफाबिना काम गर्न नसकिने बताउँदै उहाँले त्यसलाई व्यवस्थित गर्नको लागि अध्ययन भईरहेको जानकारी गराउनु भयो ।
त्यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले व्यवसायीलाई पनि मर्का नपर्ने र ट्रान्सपोर्ट व्यवसायीलाई पनि मर्का नपर्नेगरी मध्येमार्गी बाटोको पहिचान गर्नुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा व्यवसायीका जिज्ञाशामा ढुवानी व्यवसायी संघका महासचिव रामप्रसाद गैरेले पहिले नै ट्रान्सपोर्टलाई बाहिर लैजादा के हुन्छ, बजार भित्रै राख्न के गर्न सकिन्छ भन्ने विषयमा बहस गरेर त्यसतर्फ ध्यान दिन सकेको भए अहिले यो समस्या नआउने बताउनु भयो ।
त्यस्तै बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले सबै व्यवसायमा आ–आफ्नै खाले समस्या भएको बताउनु भयो । उद्योगी व्यवसायी र ढुवानी व्यवसायी एक सिक्काका दुई पाटा भएको बताउँदै उहाँले दुबै पक्षलाई सहज हुनेगरी भाडालाई बैज्ञानिक बनाउन र एकरुपता कायम गर्न सुझाव दिनुभयो । कार्यक्रममा संघका बस्तुगत समितिका सभापति उपसभापति सहित व्यवसायीहरु र ढुवानी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

लुम्बिनी प्रदेश : अस्पताल बिकास समिति अध्यक्ष र खेलकुद परिषद सदस्य नियुक्त

Next Post ≫

रुपन्देही सुपर लिग : शंकरनगर क्रिकेट क्लब विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क