बुटवल, १६ फागुन । लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रदेशमा खेलकुद परिषद् र अस्पताल ब्यवस्थापन समितिमा जिम्मेवारी प्रदान गरेको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकबाट खेलकुद परिषद् र अस्पताल ब्यवस्थापन समितिमा जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताउनुभयो ।
प्रवक्ता तिलकराम शर्माका अनुसार मन्त्री परिषद् बैठकले लुम्बिनी प्रदेशका विभिन्न अस्पतालहरुमा अस्पताल विकास समितिका अध्यक्ष तथा खेलकुद परिषद्मा सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले रुकुम पूर्व अस्पताल विकास समितिमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिमा फविन्द्र आचार्य, पाल्पा अस्पताल विकास समितिमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद अस्पताल विकास समितिमा कृष्ण प्रसाद अहिर, पृथ्वीचन्द्र अस्पाल नबलपरासी अस्पताल विकास समितिमा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पताल विकास समितिमा कृष्ण प्रसाद खनाल, कपिलबस्तु तौलिहवा अस्पताल विकास समितिमा शिवलाल यादवलाई अध्यक्षमा नियुक्त गरेको छ । यस्तै गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिमा धर्मराज पाण्डे, कपिलबस्तु आयुर्वेद अस्पताल विकास समितिमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पा तानसेन विकास समितिमा कमल रायमाझी, पाल्पा रामपुर अस्पताल विकास समितिमा रामप्रसाद ढकाल, प्यूठान अस्पताल विकास समितिमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पताल विकास समितिमा चन्द्र प्रसाद श्रेष्ठ, भिम अस्ताल भैरहवा अस्पताल विकास समितिमा कुल प्रसाद न्यौपाने र रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कु प्रसाद न्यौपानेलाई नियुक्त गरिएको छ ।
यसैगरी मन्त्री परिषद बैठकले प्रदेश खेलकुद परिषद्मा पनि सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । जसअनुसार सदस्यमा रुपेन्देहीका जयप्रकाश भट्टराई, कोशिश बहादुर खड्का, अर्जुन घिमिरे, सलामुद्दिन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय, नवलपरासी पश्चिमका नाथु सिंह, प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकुम पूर्वका दुतबहादुर पुनमगर र गुल्मीका भरत थापा नियुक्त भएका छन् ।
यस्तै मन्त्री परिषद् बैकठले लुम्बिनी प्रदेश सहकारी (दोस्रो संशोधन) नियामावली २०७८ स्वीकृत गरेको छ । यसैगरी गरी आर्थिक वर्ष २०७८÷२०७८ को वार्षिक कार्यक्रम अन्तर्गत सहकारी तथा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि पनि स्वीकृत गरेको छ ।
मन्त्री परिषद्को बैठकले प्रदेशको राजधानी निर्माणको कामलाई थप प्रभावकारी एवं तिव्रता प्रदान गर्नका लागि राजधानी निर्माण आयोजना कार्यन्वयन इकाइ स्थापना गर्ने र प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन कार्यविधि २०७६ को पहिलो संशोधन स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी गराउनु भयो ।