तिलोत्तमा, १६ फागुन । नेपाली काँग्रेस वडा समिति तिलोत्तमा–३, रुपन्देहीले पार्टीको संगठनलाई प्रभावकारी ढंगले अगाडी बढाउन सांगठनिक गतिविधिलाई अगाडी बढाएको छ ।
नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा आगामी निर्वाचनलाई समेत लक्षित गरेर वडा समितिले विभिन्न टोल समितिहरुलाई क्रियाशिल बनाउने उद्देश्य अनुरुप टोल समितिको अधिबेशन गराउने कार्य लाई अगाडी बढाएको छ ।
वडामा रहेका १२ वटा टोल समिति मध्ये गौतम बुद्ध टोल, शिव पञ्चाङ्ग टोल, सुनौलो नगर टोल, रम्भादेबी टोल, सिमानगर टोल र शुभ बिहानी टोल समितिको अधिबेशन सम्पन्न गरी नयां नेतृत्व चयन गरी जिम्मेवारी हस्तान्तरण गरिएको र बांकी टोल समितिको पनि अधिबेशनको मिति तय गरी परिपत्र गरिसकिएको वडा सभापति केशरी पाण्डेले बताउनु भयो ।
अधिबेशनकै क्रममा आज बिहान शुभ बिहानी टोल समितिको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सभापतिमा भगवती पौडेलाई चयन गरेको छ । यस्तै उपसभापतिमा रमाकान्त पौडेल र ढकबहादुर टण्डन, सचिवमा पार्वती शर्मा पौडेल, कोषाध्यक्षमा लिलावती पोख्रेल, सह सचिवमा पदमा शाही चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा गोपाल कार्की, हिराधर पौडेल, निशा अधिकारी न्यौपाने, लक्ष्मी शाही, नेत्र कुमारी हमाल, राधा पराजुली र रचना श्रेष्ठ रहनुभएको छ । समितिले टोल समितिको सल्लाहकारमा खिमानन्द भट्टराई, रामप्रसाद शर्मा, उमाकान्त पोख्रेल र बसन्ता केसीलाई चयन गरेको छ ।
यस अघि टोल समितिका सभापति उमाकान्त पोख्रेलले टोल समितिले बर्ष भरी गरेका कार्य प्रगति विरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महासमिति सदस्य चित्र केसी, महाधिबेशन प्रतिनिधि चिरन्जिीवी पौडेल, निवर्तमान जिल्ला सदस्य हरि प्रसाद तिवारी, क्षत्रिय सदस्य कर्णबहादुर टण्डन, प्रदेश प्रतिनिधि खिमानन्द भट्टराई, प्रदेश सह सचिव सनत गौतम, तिलोत्तमा नगर उपसभापति कल्याण पौडेल, नगर सदस्यहरु रामप्रसाद शर्मा, नारायण क्षेत्री, वडा सभापति केशरी पाण्डे, सचिव नेत्रबहादुर अधिकारी लगायतले निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै टोल समिति पार्टीको मेरुदण्ड भएकाले संगठनलाई वलियो वनाउने गरी गतिविधि गर्न आग्रह गर्नुभयो ।
