बुटवल, १६ फागुन । तिनाउ नदीको बगरले परिचित रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को १० नम्बर चोक नजिकैको नदी तटीय क्षेत्र अहिले सुन्दर रमणिय एबम पर्यटकीय स्थलका रुपमा विकास भएको छ । यो पार्कमा एक पटक पुग्नै पर्ने स्थलका रुपमा नवजिवन क्लव, नवजिवन बचत तथा ऋण सहकारी संस्था र तिलोत्तमा पार्कको विशेष पहलमा निर्माण गरिएका संरचनाले यस्को सुन्दरतालाई बढाएको हो ।
नदीको बगरलाई संरक्षण गरी राखिएको १२ विगाहा क्षेत्रफमा अहिले तिलोत्तमा पार्क, खेलमैदान, कवडहल, पिक्निक स्पोटलगायतका संरचना बनाईएको छ । सोहीपार्क भित्र नवजिवन बचत तथा ऋण सहकारी संस्थाले निर्माण गरेकोे मयुर पार्कको सोमवार लुम्बिनी प्रदेशका पूर्व उद्योग तथा पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गर्नु भयो ।
पूर्व उद्योग तथा पर्यटन मन्त्री गिरीले नदीको बगर उराठ लाग्दो स्थल अहिले सुन्दर पार्कमा परिणत हुनुले आफुनिकै लालायित भएको बताउदै सहकारीले सामाजिक उत्तरदायित्व अनुसार गरेको कामको अरुले पनि अनुसरण गर्न आह्वान गर्नु भयो ।
क्लव र सहकारीले गरेको विकास निर्माणको पवित्र कार्यले सरकारलाई समेत सन्देश मिलेको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दीवाकर ढकालले बताउनु भयो ।
सहकारीका अध्यक्ष नारायण पाठकले पार्कको स्वामित्व हस्तान्तरण गर्दै गर्दा नदीको बगरमा पार्क वनाउने सोच बनाउदा मुर्ख भएको महशुष लागेकोमा अहिले त्यो स्थल सुन्दर रमणिय पार्कको रुपमा परिणत हुदां गर्व लागेको पार्कका अध्यक्ष दीपक पाठकको भनाई रहेको छ ।
नवजिवन क्लवका अध्यक्ष तथा कार्यक्रमका संयोजक गोविन्द भुसालले सहकारीले आर्थिक कारोवार मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान गर्नुपर्छ भनेर पार्कमा लगानी गरेको बताउनु भयो ।
नवजिवन बचत तथा ऋण सहकारी संस्थाको स्थापनको अवसरमा आयोजित मयुर पार्क हस्तान्तरण समारोहमा सहकारी अभियन्ता भरत भुसाल, माधवलाल देवकोटा, राजनैतिक व्यक्तित्व सुरेन्द्र बर्मा, सहकारीका उपाध्यक्ष मित्रबन्धु पाठक, मयुर पार्क निर्माण समिति संयोजक कृष्ण केसी लगायतले नवजिवन सहकारीले गरेको सामाजिक कार्यको अन्य सहकारीहरुले पनि अनुसरण गर्न जरुरी रहेको बताउनु भयो ।

