Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवल १० मा ३० जना युवा कांग्रेसमा प्रवेश, अग्रजलाई सम्मान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल १० मा ३० जना युवा कांग्रेसमा प्रवेश, अग्रजलाई सम्मान

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७८ · 0
बुटवल १० मा ३० जना युवा कांग्रेसमा प्रवेश, अग्रजलाई सम्मान
100
SHARES
ShareTweet

बुटवल, ७ फागुन । नेपाली कांग्रेस बुटवल १० ले आयोजना गरेको कार्यक्रममा ३० जना युवा अन्य पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टीको वडा समितिले ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर आज आयोजना गरेको सम्मान, प्रशिक्षण तथा अन्तरसम्बाद कार्यक्रममा ती युवाहरु कांग्रेसमा प्रवेश गरेका वडा समितिले जनाएको छ ।
नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खांणले नेपाली कांग्रेस जनताको पार्टी भएकाले निर्वाचनमा कांग्रेसलाई बिजयी बनाउन आग्रह गर्नुभयो ।
अबको निर्बाचनमा कांग्रेसलाई हार्ने छुट नभएको र युवा बर्ग संगठन मजबुत बनाउन लाग्नुपर्ने बताउदै उहांले निर्बाचन कुनै हालतमा हुने भएकाले ब्यक्ति होइन पार्टी जिताउने अभियानमा लाग्न आग्रह गर्नुभयो ।
वडा सभापति क्याप्टेन किसन बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडाबाट प्रतिनिधित्व गर्दै पार्टीको बिभिन्न जिम्मेवारीमा पुगेकाहरुलाइ सम्मान गरिएको थियो । पार्टीले क्षेत्रीय सभापति हरि लम्साल, महाधिबेशन प्रतिनिधि गंगा गुरुङ, जिल्ला सदस्य झपट(जे वी) गुरुङ, नेपाल सांस्कृतिक संघका लुम्विनी प्रदेश संयोजक डिल्ली नारायण पाण्डे, प्रदेश प्रतिनिधि शर्मिला पाण्डे, चन्द्रकला बुढाथोकी, पत्रकार कपिल ज्ञवाली र माधव पौडेललाई सम्मान गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही २ नम्वर क्षेत्रका सभापति हरि लम्साल, जिल्ला सदस्य जेबी गुरूङ, प्रदेश सभा २ क का सभापति खडक बहादुर महत, बुटवल नगर सभापति खेलराज पाण्डे, नेपाल सांस्कृतिक संघका संयोजक डिल्लीनारायण पाण्डे, वडा उपसभापति रामकुमार श्रेष्ठ, वडा सचिब प्रकाश भट्टराई लगायतले बोल्दै आउने निर्वाचनमा सबै एकजुट भएर कांग्रेस उम्मेदवारहरुलाई विजयी बनाउनुपर्ने वताउनु भयो ।
कार्यक्रममा प्रशिक्षक डिल्ली नारायण पाण्डे र किशोर कुमार खनालले प्रशिक्षण दिनुभएको थियो ।

 

≪ Previous Post

लोकतन्त्रलाई बचाउन नेपाली कांग्रेसले जित्नुपर्छ : सभापति पुन

Next Post ≫

स्कूल बसबाट दाजुबहिनीको अपहरण गर्ने फुपाजु झापा बिर्तामोडबाट पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क