रामकुमार श्रेष्ठ
नवलपरासी, ७ फागुन । पूर्वी नवलपरासीमा एक जना मजदुर सुतिरहेकै अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–१४ मा रहेको ईन्द्र श्री निर्माण सेवा प्रा.लि.मा काम गर्ने कामदार बर्ष ५२ को मोतिलाल बुढा मगर मृत भेटिएका हुन् ।
प्युठान नौबैनी गाउँपालिका–३ घर भई हाल पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका– १४ सिमल टाँडी निवासी मगर खाना खाई कम्पनीको त्रिपाल भित्र साथीहरुसँगै सुतेकोमा आज बिहान साढे ६ बजेतिर मृत फेला परेका हुन् ।
उनको शव कानुनी प्रकृया पुरा गरी भरतपुर सरकारी अस्पताल, चितवनमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।