Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एमसीसीका कारण तोकिएको निर्वाचन प्रभावित हुनसक्छ : मन्त्री चौधरी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमसीसीका कारण तोकिएको निर्वाचन प्रभावित हुनसक्छ : मन्त्री चौधरी

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७८ · 0
एमसीसीका कारण तोकिएको निर्वाचन प्रभावित हुनसक्छ : मन्त्री चौधरी
90
SHARES
ShareTweet

बुटवल, ७ फागुन । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले एमसीसीका कारण तोकिएको निर्वाचन समेत प्रभावित हुनसक्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस प्रजातन्त्रलाई आत्मसाथ गर्ने पार्टी भएको बताउंदै मन्त्री चौधरीले फागुन १६ गतेपछि कुन तहको चुनाव हुने यकिन हुने बताउनु भयो ।
७२ औं प्रजातन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको प्रविधिमैत्री, मितव्ययी, अहिंसात्मक र मित्रवत प्रतिस्पर्धात्मक निर्वाचन राष्ट्रको आवश्यकता बिषक अन्तरक्रियामा बोल्दै कंँग्रेस नेता समेत रहेका मन्त्री चौधरीले एममसीसीमा चीन र अमेरीकाका नाममा राजनीतिक दलहरु विभाजित हुने कुरा दुःखद भएको बताउनुभयो । उहांले एमसीसी विकास परियोजना भएकाले यसलाई त्यहि रुपमा मात्रै बुझ्न आग्रह गर्दै दलहरुले प्रजातन्त्रलाई बुझ्ने तरिका एउटै हुनुपर्नेमा त्यसो नहुदा समस्या बल्झिरहेको बताउनुभयो ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले प्रजातन्त्र दिवसले सबै राजनीतिक शक्तिहरुलाई एकैठाउंमा उभ्याएकाले विभाजित नहुन आग्रह गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका सदस्य, संबिधानसभा सदस्य विनोद पहाडीले आर्थिक रुपमा कमजोर बर्ग समुदायका व्यक्तिहरु निर्वाचन लड्न सक्ने अवस्था नभएकाले निर्वाचन प्रणालीका बारेमा पनि बहस गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्र रक्षाका लागि निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सावित्रा अर्याल, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईलगायतले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । नेकपाका नेता खोमा तरामु मगर, बार एसोसिएशन उच्च अदालत बुटवलका अध्यक्ष जोग बहादुर खत्री, बुटवल उद्योग बाणिज्य संघका सचिव मुक्ति अधिकारी, दलित महिला संघ रुपन्देही अध्यक्ष मनु खड्का, शान्ति समाजका रुपन्देही सभापति डिपि खनाल, सचिव कपिल ज्ञवाली,पूर्व सचिव अर्जुन ज्ञवाली लगायतले बोल्दै प्रजातन्त्रको अनूभूति नागरिकले गर्न नपाएकाले दलहरुले गम्भिर समिक्षा गर्ने बेला आएको बताउनुभएको थियो ।
शान्ति समाजले राजनीतिक दलहरुलाई अब आउने निर्वाचन प्रविधिमैत्री र मितव्ययी बनाउन ध्यानआर्कषण गरेको छ ।

 

≪ Previous Post

सपनाको मलिलो माटो उपन्यास लोकार्पण

Next Post ≫

नवलपुर इन्द्र श्री निर्माण सेवाका मजदुर सुतिरहेकै अवस्थामा मृत फेला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क