Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश १ ≫ सपनाको मलिलो माटो उपन्यास लोकार्पण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सपनाको मलिलो माटो उपन्यास लोकार्पण

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७८ · 0
सपनाको मलिलो माटो उपन्यास लोकार्पण
50
SHARES
ShareTweet

बुटवल, ७ फागुन । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा साहित्यकार सपना आचार्यद्वारा लिखित मलिलो माटो उपन्यासको लोकार्पण भएको छ । उपन्यासको लोकार्पण नेपाली फिल्म जगत्का महानायक राजेश हमाल र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले संयुक्त रूपमा गर्नुभएको हो ।
नारीलाई प्रकृतिसँग र प्रकृतिलाई नारीसँग सादृश्य गरी नारी तथा प्रकृति सृष्टिका संवाहक हुन् तर नारी र प्रकृतिको उपभोग मात्रै गरिएको र त्यसको भित्री मर्म, वेदना एवम् समस्याको समाधान नभएको बरु नारी परिस्थितिको दास बन्न बाध्य भएको कुरालाई कृतिमा प्रस्तुत गरिएको छ ।
कृतिमाथि टिप्पणी गर्दै अधिकारकर्मी मीनाक्षी न्यौपाने र इन्दिरा आचार्यले कृतिले नारी र प्रकृतिका विशेषता, विवशता अनि जीवनावस्थालाई उल्लेख गरेको बताउनुभयो । त्यसैगरी डा. रवीन्द्र समीरले मलिलो माटो उपन्यास सर्जकको पहिलो कृति भए पनि यसभित्रको लेखन स्तरीय र पठनीय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा तिलोत्तममा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले मलिलो माटो उपन्यासले समाजमा महिलाको अवस्थालाई प्रस्तुत गरेको बताउँदै निरन्तरको मिहिनेत र अध्ययनशीलताले लेखकलाई सफल बनाउने बताउनुभयो ।
त्यसैगरी महानायक राजेश हमालले कृतिले प्रकृति र नारीको भूमिकासहित नारी र प्रकृतिले भोग्नुपरेका परिस्थितिजन्य अन्योलता र विवशतालाई प्रस्तुत गरेको बताउँदै कृति सफलताको शुभकामना दिनुभयो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रम इन्दिरा अर्यालले सञ्चालन गर्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमामा सुकुम्बासी समस्या समाधानको काम अघि बढ्ने

Next Post ≫

एमसीसीका कारण तोकिएको निर्वाचन प्रभावित हुनसक्छ : मन्त्री चौधरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क