Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७८ · 0
कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय
50
SHARES
ShareTweet

बुटवल, ४ फागुन । कपिलवस्तुको सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । कपिलवस्तु नगरपालिकाको भवनमा स्थापना भएको सेवा कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बुधबार संयक्तरुपमा उद्घाटन गर्नुभएको हो । कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका सेवाग्राहीलाई सेवा दिने गरी सञ्चालनमा आएको सेवा कार्यालयबाट बिलबुक नविकरण, रुट परमिट, सवारी जाँच पास, अस्थायी रुट ईजाजत लगायतको सेवा दिइने छ ।
सेवा कार्यालय उद्घाटन गर्दै मन्त्री यादवले कार्यालयको लागि आवश्यक पर्ने जग्गा, भौतिक पुर्वाधार निर्माण,जनशक्ति र वजेट व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री ढेंगामगरले संघीयताको मर्म अनुसार सरकारी सेवालाई विकेन्द्रीत गरी नागरिकको घर दैलोमा पु¥याउने उद्देश्यले मन्त्रालयले सेवा कार्यालय विस्तार गरेको बताइन् ।
यसअघि नवलपरासीको रामग्राम नगरपालिका–४ मा पनि सेवा कार्यालय सञ्चालनमा आइसकेको र अब छिट्टै पाल्पामा सेवा विस्तार गरिने जानकारी दिंदै मन्त्री ढंगाले अब बुटवल र भैरहवा धाउनुपर्ने वाध्यता अन्त्य भएको बताउनु भयो ।
कार्यक्रममा पुर्वमन्त्री दानबहादुर चौधरी, प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री धर्मबहादुर लाल श्रीवास्तव, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दीपकराज नेपाल, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायतले आगामी दिनमा सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण र नवीकरण समेतको सेवा दिने गरी योजना बनाउन सुझाव दिनुभएको थियो ।

≪ Previous Post

एफइसी सहकारीद्वारा स्वर्गीय खेम पुनको परिवारलाई राहत रकम प्रदान

Next Post ≫

तिलोत्तमामा सुकुम्बासी समस्या समाधानको काम अघि बढ्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क