तिलोत्तमा, ४ फागुन । एफइसी बचत तथा क्रृण सहकारी संस्थाले आफ्ना शेयर सदस्य खेमराज पुनको निधन भएकोमा उहांको परिवारलाई राहत प्रदान गरेको छ । सहकारीका शेयर सदस्य, सामाजिक अभियन्ता एवं उद्योगी पुनको केही दिनअघि हृदयघातका कारण निधन भएको थियो । सहकारीले पुनको घरमै पुगेर बुधबार राहत प्रदान गरेको हो ।
राहतस्वरुप सहकारीले संस्थाको कल्याणकारी कोषबाट एक लाख रुपियाँ र सदस्य राहत कोषबाट एक लाख गरी दुईलाख रुपियाँ हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलले स्वर्गीय पुनकी धर्मपत्नी ओमी पुनलाई राहत रकम हस्तान्तरण गर्नुभएको हो । राहत रकम प्रदानका लागि संस्थाका उपाध्यक्ष जेपी कंडेल, सचिव निरज कंडेल, सहसचिव ज्ञानु पाण्डेय, सञ्चालक सदस्य देवीदत्त ज्ञवाली, वरिष्ठ व्यवस्थापक मुकुन्दहरी ज्ञवाली लगायतको टोली स्वर्गीय पुनको निवास पुगेको थियो ।