भैरहवा, ४ फागुन । रुपन्देही प्रहरीले १ लाख बढि मूल्यको अबैध सालको काठ बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय रुद्रपुर र स्थानीय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी सहितको संयुक्त गस्ति टोलिले आज बिहान कञ्चन गाउँपालिका वडा नं.१ गजेडी स्थित भित्री सडक खण्डमा ट्याक्टरमा लोड गरी ल्याउंदै गरेको अवस्थामा उक्त काठ बरामद गरेको हो ।
प्रहरीका अनुसार लु ४ त १९३८ नम्बरको ट्याक्टरमा लोड गरी ल्याउदै गरेको ५ गोलिया (४३.२१ क्यू फिट) अन्दाजी मूल्य रु.१ लाख ८ हजार बराबरको अबैध सालको काठ ट्याक्टर सहित बरामद भएको हो । उक्त काठ र ट्याक्टर स्थानीय व्यक्तिहरुको रोहवरमा नियन्त्रण लिई आवश्यक कारबाहीको लागि सव डिभिजन बन कार्यालय फायरलाईनमा बुझाईएको प्रहरीले जनाएको छ ।