Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीहरुको बर्गीकरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीहरुको बर्गीकरण

संसारपोस्ट संवाददाता · १३ माघ २०७८ · 0
नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीहरुको बर्गीकरण
60
SHARES
ShareTweet

सन्दिप, ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण ग्रेड ए मा
काठमाडौं, १३ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको बर्गीकरण गरेको छ । बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको हो ।
बैठकले पुरुष खेलाडीहरू तर्फ सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीलाई ग्रेड ए मा बर्गिकरण गरेको छ भने ग्रेड बि मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहोरा र विनोद भण्डारी रहेका छन् । यस्तै ग्रेड सी मा कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् । यसैगरी महिला खेलाडीहरू तर्फ ग्रेड ए मा रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी तथा ग्रेड बि मा सरिता मगर, कविता कुवंर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहेका छन् । ग्रेड सी मा डली भट्ट, कविता जोशी, सङ्गिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेको क्यानले जनाएको छ ।
त्यस्तै बैठकले चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागि नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले क्यानको वार्षिक साधारण सभा आगामी फाल्गुन १३ र १४ गते धनगढीमा गर्ने निर्णय गरेको छ भने संघका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै ओमन भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरु विक्रम सोव, गुल्सन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरुप रु १ लाख जनही र महिला खेलाडी ज्योति पाण्डेलाई रु ५० हजार प्रदान गर्ने निर्णय बैठकले गरेको छ । यस्तै आर्थिक समिति संयोजकमा रोशन कुमार सिंह, छनोट समिति संयोजकमा दीपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा बीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समिति संयोजकमा माधव कर्माचार्य र क्रिकेट समितिको संयोजकमा कैलाश विष्टलाई मनोनयन गर्ने निर्णय बैठकले गरेको छ ।
क्यानले गरेका निर्णय :

≪ Previous Post

जाडोले कठ्याँग्रिएका नागरिकलाई कपिलवस्तु प्रहरीले बाँड्यो न्यानो ब्लाङ्केट

Next Post ≫

नवलपरासीमा गोली लागेको पाटेबाघ मृत फेला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क