Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जाडोले कठ्याँग्रिएका नागरिकलाई कपिलवस्तु प्रहरीले बाँड्यो न्यानो ब्लाङ्केट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जाडोले कठ्याँग्रिएका नागरिकलाई कपिलवस्तु प्रहरीले बाँड्यो न्यानो ब्लाङ्केट

संसारपोस्ट संवाददाता · १३ माघ २०७८ · 0
जाडोले कठ्याँग्रिएका नागरिकलाई कपिलवस्तु प्रहरीले बाँड्यो न्यानो ब्लाङ्केट
80
SHARES
ShareTweet

कपिलवस्तु, १३ माघ । कपिलवस्तुमा बढिरहेको शितलहर र चिसोले कठ्याँग्रिएका अति बिपन्न परिवारलाई ४०० थान ब्लाङ्केट बितरण गरिएको छ । शितलहर र चिसोले दैनिक जीवनयापनमा देखिएको कठिनाईमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा कपिलवस्तु प्रहरीले २४८ जना अति विपन्न परिवारको घरमै पुगेर ब्लाङ्केट बितरण गरेको हो । माघ महिनामा समेत चिसो कम नभएपछि हिजो र आज प्रहरी र प्रशासनका पदाधिकारी न्यानो कम्मल लिएर विपन्न परिवारको बस्तिमा पुगेका हुन् ।
प्रहरीले कपिलवस्तु नगरपालिका– २ स्थित तौलेश्वरनाथ महादेवको मन्दिर बाहिरको सार्वजनिक शैचालयमा विगत ४ बर्ष देखि गुजारा गर्दै आएकी सोनामति बाँसखोरलाई पनि न्यानो ब्लाङ्केट प्रदान गरेको छ । गरिबी सँगै परिवारको साहारा गुमाएकी ५५ बर्षिय सोनामतिले सार्वजिनक शौचालय भित्र ओछ्यान लगाएको देखेको प्रहरीले उहांको सहजताका लागि ब्लाङ्केट प्रदान गरेको हो । चिसो भुईँमा लगाएको विस्ताराले घरिघरि आफैलाई चिसो बिझ्ने र चिसोमा यसैगरी बस्ने बानी परिसकेको बताउने सोनमतिले तातो ब्लाङ्केट पाएपछि राहतको महशुस गर्नुभएको छ ।
यस्तै कपिलवस्तु नगरपालिका–३ तिलौराकोट स्थित बाटै छेउको टहरामा जीवन निर्वाह गर्दै आउनु भएका धादिङका ६० बर्षिय चन्द्रे तामाङलाई पनि प्रहरी न्यानो ब्लाङकेट प्रदान गरेको छ । विगत केहि बर्षदेखि बाटै छेउको फुसले बारेको टहरोमा जीवन गुजारिरहनुभएका तामाङको दैनिकी नजिकबाट देखिरहेका कपिलवस्तु वासीले प्रहरी र प्रशासनको यो कामको प्रशंसा गरेका छन् । यो कामले आम नागरिकले सुरक्षा निकाय र प्रशासनलाई हेर्ने दृष्टिकोण प्रशासकको नागरिकलाई हेर्ने दृष्टिकोण समयसँगै बद्लिएको महसुस गराएको छ ।
कपिलवस्तुको विभिन्न क्षेत्रमा बढ्दो चिसो र शितलहरका कारण कठ्याङग्रिएका र दैनिक जीवन यापनमा समस्यामा परेका नागरिकलाई जिल्ला प्रहरी कार्यालयकै शिफरिसमा जिल्ला प्रशासन कार्यालयले ब्लाङ्केट खरिद गरेको र प्रहरी मार्फत वितरण गरिएको हो ।
जिल्लाको लवनि, खुनुवा, जहदी, ओदारी, महाराजगञ्ज लगायतको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की, सञ्चारकर्मीलगायतको टोली नागरिककै घरमा पुगेर वितरण गरिएको हो । यस्तै जिल्लाका कृष्णनगर, पत्थरदेहिया, कोपवा, चन्द्रौटा, भिल्मी, पिपरा, गणेशपुर लगायतका स्थानमा सम्बन्धित क्षेत्रका प्रहरी कार्यालय प्रमुख सहितको टोलीले विपन्न परिवारलाई ब्लाङकेट वितरण गरेको जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

≪ Previous Post

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीनै जना बिजयी

Next Post ≫

नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीहरुको बर्गीकरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क