Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ देशभर चिसो बढ्यो : देशका अधिकांश स्थानमा हल्का वर्षा कतै हिमपात
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देशभर चिसो बढ्यो : देशका अधिकांश स्थानमा हल्का वर्षा कतै हिमपात

संसारपोस्ट संवाददाता · १४ पुष २०७८ · 0
देशभर चिसो बढ्यो : देशका अधिकांश स्थानमा हल्का वर्षा कतै हिमपात
110
SHARES
ShareTweet

बुटवल, १४ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मौसम बदली हुँदा देशभर चिसो बढेको छ । पश्चिमतर्फबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले देशभर फैलिएको छ । उक्त प्रणालीको कारणले उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनुका साथै पहाड र तराई–मधेसका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ ।
बुधबार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागहरूका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
बिहीबार भने देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तो अवस्था बिहीबारबाट क्रमशः कम हुँदै जाने अनुमान मौसमविदले गरेका छन् । मौसमविदका अनुसार आजको जस्तै अवस्था भोलि पनि रहने छ ।

≪ Previous Post

भारत लैजादै गरेको ३६ लाख मूल्य बराबरको पुरानो ब्याट्रीसहित ३ जना पक्राउ

Next Post ≫

आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क