बुटवल, ३ पुस । लुम्बिनी प्रदेशका ९ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई भोलीदेखि कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीहरुलाई लगाउन लागेको मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्रले वताउनुभयो ।
भोलीदेखि बिद्यार्थीहरुलाई खोप लगाईने लुम्बिनी प्रदेशका ९ जिल्लामा रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् ।
यस्तै मन्त्रालयले यसअघि लुम्बिनी प्रदेशका ३ जिल्ला रुपन्देही, बाँके र दाङमा १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप लगाई सकेको र अहिले दोस्रो मात्रा खोप लगाउने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
