Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0
बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र
90
SHARES
ShareTweet

पुस ८ देखि २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिसत तयारी पुरा
बुटवल, ३ पुस । यही पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र पारिएको छ । ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ भन्ने मूल नाराका साथ उद्योग ब्यापार संघ बुटवलको आयोजनामा बुटवल देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म ब्यापार मेला सञ्चालन हुने छ ।
आयोजकका अनुसार मेलाको ६० प्रतिशत तयारी पूरा भएको छ । मेला सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेका संघका अध्यक्ष गोबिन्दराज गैरेले जानकारी गराउनु भयो । अध्यक्ष गैरेका अनुसार स्वदेशी तथा विदेशी गरी ४ सय ५० स्टल रहने मेला सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने र करिब ५० करोड आर्थिक कारोबार हुने लक्ष्य रहेको छ ।
आयोजकका अनुसार मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स (आमा नृत्य प्रतियोगिता), हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति, फेशन शो, निशुल्क दन्त शिविर र रक्तदान लगायतका कार्यक्रम आकर्षणको रुपमा रहने छन् ।
उद्योग ब्यापार संघ बुटवलले स्थापनाकालदेखि नै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको पक्षमा वकालत र काम गर्दै आएको हुँदा औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाले स्वदेशी उद्योगका उत्पादनको बजार प्रवद्र्धन, विभिन्न खाले व्यवसाय र सेवाको बजार विस्तार तथा नयां पुस्तालाई उद्यमशील बनाउन उत्प्रेरणा दिन र अर्थतन्त्र चलायमान बनाउन पनि ठूलो भूमिका खेल्ने संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले बताउनु भयो ।
मेलाले उद्योगी र उपभोक्तालाई एकैथलोमा जमघट गराई उद्योगहरुलाई उपभोक्तामैत्री बनाउन पुलको काम गर्ने तथा रुपन्देही र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन र नेपाली कला संस्कृति संरक्षणमा पनि टेवा पुर्याउने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताउनु भयो । मेलामा १५ वटा फरक फरक सेल्फी जोन, संख–घण्टसहितका पुजारी रहने गरी ११ थरि देवी देवताका मुर्ति समेत रहने संघका महासचिव पदम जीसीले जानकारी गराउनु भयो । मेलामा आउने दर्शकलाई मास्क र स्यानिटाइजर प्रयोग अनिवार्य गरेर मात्र प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको प्रचार प्रसार उपसमिति संयोजक जनेश पन्थीले बताउनु भयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ब्यापार मेलाबाट वचत भएको रकमबाट बुटवलका विभिन्न स्थानमा सार्वजनिक शैचालय निर्माण गर्ने तथा स्वाधीन अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने गरी आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको प्रोत्साहनका लागि आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।
यस्तै बुटवलको पर्यटन प्रवद्र्धनका लागि आदि मानव रामापिथेकसको बंगारा भेटिएको स्थानको पहिचान स्थापित गर्न रामापिथेकसको विशाल मुर्ति वा पाल्पाको नुवाकोटमा कर्णेल उजिरसिंहको दुई खुकुरी क्रस भएको विशाल मुर्ति बनाउने सोंच पनि संघले बनाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

≪ Previous Post

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई भोलीदेखि कोरोना विरुद्धको खोप लगाइने

Next Post ≫

काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गणना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क