Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कपिलवस्तुमा तीन दिने चौथो बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुमा तीन दिने चौथो बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0
कपिलवस्तुमा तीन दिने चौथो बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने
100
SHARES
ShareTweet

कमल चौधरी
कपिलवस्तु, ३ पुस । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि कपिलवस्तुमा बाणगंगा नगर स्तरीय माघी महोत्सव हुने भएको छ । विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल थारु समुदायको महान पर्व माघी लाई निरन्तरता दिदै यस बर्ष बाणगंगा ९, कपिलधाममा माघी महोत्सव हुने थारु कल्याणकारी सभा कपिलवस्तुका सभापति उमाशंकर थारुले बताउनुभयो । थारु समुदायको पर्व माघीलाई निरन्तरता दिदै माघ २, ३ र ४ गते चौथो बाणगंगा नगर स्तरीय माघी महोत्सव यस बर्ष कपिलधाममा आयोजना गर्न लागिएको अध्यक्ष थारुले जानकारी दिनुभयो ।
नगरस्तरीय माघी महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ । शनिबार थारु अगुवा, समाजसेवी, बुद्धिजिवी, पत्रकार, कलकार लगायतको बृहत भेलाले थारु कल्यणकारी बाणगंगा नगर अध्यक्ष भग्गुप्रसाद थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
यस्तै भेलाले विभिन्न १३ वटा उपसमिति समेत गठन गरेको छ । जस अन्तर्गत भग्गुप्रसाद थारुको संयोजकत्वमा आर्थिक तथा सचिवालय व्यवस्थापन समिति, ऋषिराम थारुको संयोजकत्वमा माघी संस्कृति व्यवस्थापन समिति, नुमलाल थारुको संयोजकत्वमा मञ्च तथा भान्सा व्यवस्थापन समिति, गोविन्दी थारुको संयोजकत्वमा झाँकी तथा अथिति व्यवस्थापन समिति र नाथु थारु (मोर्मी)को संयोजकत्वमा स्वंयसेवक तथा सुरक्षा व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै तुल्सीराम थारुको संयोजकत्वमा प्रचार–प्रसार व्यवस्थापन समिति, कमल चौधरीको संयोजकत्वमा सञ्चार तथा मिडिया व्यवस्थापन समिति, सन्तोष थारुको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति, नाथुराम थारु (चप्परगाउँ)को संयोजकत्वमा रक्तदान कार्यक्रम व्यवस्थापन समिति र श्रीराम थारुको संयोजकत्वमा जेष्ठ नागरिक सम्मान व्यवस्थापन समिति गठन गरिएको छ ।
तीन दिन सम्म संचालन हुने महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामाग्रीको प्रदर्शनी र थारु खानाका परिकारका स्टलहरु रहने छन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ । साथै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् । महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने संस्कृतिक समितिका संयोजक ऋषिराम थारुले बताउनु भयो । त्यस्तै माघी पर्वको पूर्वसन्ध्यामा माघ २ गते बृहत रक्तदान कार्यक्रमको अयोेजना गरिने भएको छ भने यस बर्ष जेष्ठ नागरिक सम्मान कार्यक्रमको समेत अयोजना गरिने मुल आयोजक समितिका अध्यक्ष भग्गुप्रसाद थारुले जनकारी दिनुभयो ।

≪ Previous Post

तिलोत्तमाका ५१ जना किशोरीलाई साईकल वितरण

Next Post ≫

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई भोलीदेखि कोरोना विरुद्धको खोप लगाइने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क