Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका ५१ जना किशोरीलाई साईकल वितरण
रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित मतगणना सुरु

रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एमाले जिल्ला अध्यक्षको वडा बुटवल १३ मा कांग्रेसका पुन दोस्रोपटक निर्वाचित

एमाले जिल्ला अध्यक्षको वडा बुटवल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
रुपन्देहीको देवदहमा मेयर र उपमेयर एमालेका खरेल र गुरुङ निर्वाचित

रुपन्देहीको देवदहमा मेयर र उपमेयर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

तिलोत्तमाका ५१ जना किशोरीलाई साईकल वितरण

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0
तिलोत्तमाका ५१ जना किशोरीलाई साईकल वितरण
60
SHARES
ShareTweet

तिलोत्तमा, ३ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५१ जना किशोरीहरुलाई साईकल वितरण गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत गरिव, विपन्न, दलित, पिछडिएको वर्गका ५१ जना किशोरीहरुलाई वडा कार्यालयको सिफारिसको आधारमा शुक्रबार साईकल प्रदान गरिएको हो ।
ग्रीन–वे नेपाल अभियान अन्तर्गत् तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, एनसेल, कान्तिपुर मिडिया ग्रुप, साईकल सिटी बुटवल र साइकल सिटी नेटवर्क नेपालको सहकार्यमा किशोरीहरुलाई साईकल वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले स्वस्थ जीवन र स्वच्छ शहरका लागि साईकल यात्रा अभियान प्रवद्र्धन गर्न किशोरीहरुलाई साईकल प्रदान गरिएको बताउनुभयो । साईकल प्राप्तिले किशोरीहरुलाई विद्यालयसम्म पुग्न सहज हुने र त्यसले उनीहरुको अध्ययन कार्यमा टेवा पुर्याउने नगर प्रमुख घिमिरेको विश्वास छ । तिलोत्तमालाई वातावरणमैत्री नगरको रुपमा विकास गरिएको बताउँदै उहाँले साईकल चलाउने संस्कारको विकासका लागि मोबाइल एप समेत सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । साईकल चलाउँदा व्यक्तिको स्वास्थ्य पनि राम्रो हुने भएकोले तिलोत्तमालाई साईकल सिटीको रुपमा समेत विकास गरिने उहाँको भनाइ छ । तिलोत्तमाले गत वर्ष एक सय भन्दा बढी श्रमिक महिलाहरुलाई साईकल वितरण गरेको थियो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका लुम्बिनी–गण्डकी प्रमुख सुदीप अर्यालले दिगो विकासको लागि साईकल प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको बताउँदै यो कार्यक्रमले वातावरण संरक्षणमा टेवा पुर्याउने बताउनुभयो । साइकल सिटी नेटवर्क नेपालका उपाध्यक्ष निवेश दुगडले साईकल प्रयोगकर्ता बढाउन सके बढ्दो वायु प्रदूषण न्यूनीकरणमा टेवा पुग्ने र त्यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
एनसेलका स्वस्तिक घिमिरेले साईकल चलाउने अभियानले शहरको वातावरण संरक्षण गर्ने उल्लेख गर्नुभयो । नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा साईकल व्यवसायी संघ रुपन्देही, साईकल सिटी बुटवललगायतका संघ–संस्थाका प्रतिनिधिहरुले साईकल चलाउँदा व्यक्तिको स्वस्थ र वातारणमा पर्ने प्रभावका बारेमा चर्चा गरेका थिए । कार्यक्रम पश्चात नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीलगायतका जनप्रतिनिधि तथा साईकल प्राप्त गरेका किशोरीहरुले साईकल र्याली समेत गरेका थिए ।

≪ Previous Post

रोटरी बैठकमा शिक्षा क्षेत्रका बारेमा क्लासिफिकेशन

Next Post ≫

कपिलवस्तुमा तीन दिने चौथो बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क